पोखरा, ७ पुस । नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले पोखरा १५ स्थित सिद्ध माविमा आयोजना हुने अन्तरविद्यालयस्तरीय मैत्रीपूर्ण् भलिबल प्रतियोगिताका लागि सहयोग गरेको छ ।
आगामी वर्षको मार्च ४ देखि ९ सम्म हुने सो प्रतियोगिताको लागि संस्थाले ३ लाख रुपैयाँ उपलब्ध गराउने संस्थाका अध्यक्ष किन्जो यामासीताले जनाए ।
पहिलो किस्तास्वरुप विद्यालयका प्रअ शंकर ज्ञवालीलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरियो ।
विगत ३० वर्षदेखि संस्थाले नेपालका सरकारी विद्यालयको नयाँ भवन निर्माण, गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, फर्निचर, खेलकुद सामग्री, चिप्लेटी, पिङ सेटअप प्रदान एवं फोटो डे र शैक्षिक टूर गर्दै आएको छ । पोखरामा भने संस्थाले पहिलो पटक सो सहयोग गरेको संस्थाका नायोया-जापानका चिफ राजेन्द्र थापाले जानकारी दिए । भलिबल प्रतियोगितामा सेती पूर्वका १० सरकारी विदालयका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने छात्रहरुले भाग लिनेछन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा संथाका प्रतिनिधि सुनिल हिराचन र मनु हिराचनको समेत उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९