भरतपोखरी विकास मञ्चद्वारा माटो परीक्षण

आदर्श समाज सम्वाददाता
पौष ८, २०७५

पोखरा, ७ पुस।भरतपोखरी विकास मञ्च कास्कीद्वारा आयोजित माटो परीक्षण शिविरमा पोखरा ३३ भरतपोखरीका ६५ स्थानको माटो परीक्षण गरिएको छ।

कृषकको हितलाई दृष्टिगत गर्दै आयोजित शिविरमा माटोको पहिचान गरी उत्पादकत्व वृद्धिका लागि परामर्श सहयोग उपलब्ध गराइएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

वडास्तरीय कृषि सञ्जाल पोखरा-३३ को प्रवर्द्धन एवम् बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लि., सुरक्षा बहुउद्देश्यीय सहकारी संस्था लि., भरतपोखरी साना किसान कृषि सहकारी संस्था लि., भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लि. र जनहित कृषि सहकारी संस्था लि.लगायत संस्थाको सहयोगमा शिविर आयोजना भएको थियो।

पोखरा-३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले कृषिको व्यावसायिक विकासका लागि कृषकमा माटोको उत्पादकत्वबारे अवगत हुनुपर्ने बताउँदै यस किसिमका शिविरबाट कृषक लाभान्वित बन्ने विश्वास व्यक्त गरे।

माटो परीक्षणका क्रममा यस क्षेत्रको अधिकांश स्थानको माटोमा अम्लीयपन कम रहेको पाइएको बताउँदै माटो विज्ञ टिकादत्त घिमिरेले कोषे बालीको विस्तारका साथै गोठे मलको प्रयोग बढाउनुपर्ने सुझाव दिए।

कार्यक्रममा मञ्चका महासचिव गणेशप्रसाद ढकाल, सल्लाहकार केशरप्रसाद निदोर्षी, केशवप्रसाद आचार्य, कार्यक्रम संयोजक ऋषिमाया लामिछाने लगायतले शिविरले यस क्षेत्रका कृषकलाई आफ्नो जमिनको उत्पादकत्व र माटोको वास्तविक अवस्थाबारे जानकारी हुने बताए।

Related News

सम्बन्धित समाचार

  • दुर्गा मन्दिरमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा…
  • आलु महोत्सव लक्षित सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा…
  • सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या…
  • पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारका क्रममा कोत्रेदेखि विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाका पाइपलाइनमा हुने क्षतिको मूल्यांकनका लागि अनुगमन समिति…
  • लापरवाहीले बढ्यो सडक दुर्घटना

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको…

hero news full width