पोखरा, ५ पुस। कक्षा ११ को उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमतिपछि विद्यार्थीको आन्दोलन स्थगित भएको छ।
उत्तरपुस्तिका जाँच गर्दा लापारबाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा बिग्रिएको भन्दै परीक्षार्थीका अभिभावक र विद्यार्थी नेताहरुले पोखरामा गत मंसिर २४ गतेदेखि रिले अनसन थालेका थिए।
उनीहरुले नतिजा सच्याउन र पुस्तिका पुनःजाँच गर्न माग गर्दै लामो समय अनसन बसेपछि परीक्षा बोर्डले पुनःपरीक्षण गर्ने सहमति गरेको हो। परीक्षा बोर्ड सानोठिमी भक्तपुरले बुधबार सूचना प्रकाशन गरी पुनःपरीक्षण गर्न चाहने विद्यार्थीसँग निवेदन मागेको छ।
‘पुनयोर्गबाट पनि नतिजा चित्त नबुझेका विद्यार्थीलाई उत्तरपुस्तिका पुनः परीक्षणको निवेदन दिन १५ दिनको म्याद दिइएको छ,’ परीक्षा बोर्डले निकालेको सूचनामा भनिएको छ, ‘सम्बन्धित विद्यार्थीले प्रक्रिया अनुसार आवश्यक शर्त पूरा गरी प्रतिविषय २ हजार रुपैयाँ शुल्क सहित निवेदन दिनुहुन अनुरोध छ।’
कास्कीमा क्रियाशील ५ वटा विद्यार्थी संगठनले कक्षा ११ का विद्यार्थीको आन्दोलनमा समथन गर्दै अनसन बसेका नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले बताए।
‘हामीले काठमाडौंबाट झिकाएर १६ वटा कापी परीक्षण गरेका थियौं। सबै उत्तर पुस्तिकामा त्रुटी भेटियो,’ उनले भने, ‘फेरि त्यही व्यक्तिले जाँच गर्दा पुनः बिग्रिन सक्छ। त्यसैले परीक्षा बोर्डका प्रमुख चन्द्रमणि पौडेलले राजीनामा दिनुपर्छ र उत्तरपुस्तिका जाँचमा कमजोरी गर्नेलाई पनि कडा कारबाही हुनुपर्छ।’
राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको नतिजामा लापरबाही गरेको आरोप लगाउँदै विद्यार्थीले शुरुदेखि नै विभिन्न आन्दोलनका कार्यक्रम गरेका थिए। विहीवार गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले अनसनमा बसेकालाई जुस खुवाएर अनसन तोडाएकी थिइन्।
आन्दोलन स्थगितपछि अनसनमा बसेका विद्यार्थी संगठन, अभिभावक र पीडित विद्यार्थीले थप केही माग राखेका छन्। उनीहरुले पुनःपरीक्षण भएको २० दिनपछि मात्रै मौका परीक्षा लिन, पुनःपरीक्षणको शुल्क खारेज गर्न, पुनःपरीक्षण गर्न इच्छुक विद्यार्थी सबैको पुनःपरीक्षण गरिदिन माग गरेका छन्।
विद्यालय समन्वय समिति कास्की संयोजक बाबुराम पन्त, नेविसंघ केन्द्रिय सदस्य भानु ढकाल, अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम, अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटा, नयाँ शक्ति विद्यार्थी युनियन महासचिव नेत्र चापागाईं, अखिल क्रान्तिकारी व्यूरो संयोजक मिलन राई, अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष गणेश अधिकारी, अभिभावक सरोकार समिति संयोजक मोहनराज तिवारी, पीडित विद्यार्थी संघर्ष समिति संयोजक प्रकाश ढकालले संयुक्त रुपमा हस्ताक्षर गरी अनसन स्थगित गरेको जनाएका हुन्।
सहमतिपछि विद्यार्थीले १०, ११ र १२ कक्षाको उत्तरपुस्तिका पुनःपरीक्षणको लागि निवेदन दिन सक्नेछन्। यसबाहेक सामुदायिक विद्यालयका विद्यार्थीले पनि पुनःपरीक्षणका लागि निवेदन दिन सक्ने बताइएको छ। सूचना अनुसार विद्यार्थीले पुस १९ गतेभित्रै पुनःपरीक्षणको लागि निवेदन दिइसक्नुपर्नेछ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९