संरक्षणमा लैंगिक समानतामा जोड

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५

पोखरा, ५ पुस। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) ले संरक्षणमा लैंगिक समानता र सामाजिक समावेशीकरणबारे अन्तक्रिर्या गरेको छ।

विभिन्न जिल्लाका प्रतिनिधि पत्रकारहरुसँग वातावरण संरक्षणबारे भैरहेका गतिविधि र त्यसमा लैंगिक समानताबारे छलफल गरेको हो।

गण्डकी प्रदेशका वनमन्त्री विकास लम्सालले वातावरण संरक्षणमा सबैले जिम्मेवारी लिनुपर्ने बताए। ‘एक्यापमा उठेका विवादबारे उनले निर्धक्क भएर संरक्षणमा लाग्न आग्रह गरे। काम गर्ने कुरामा कन्फ्युजन नहुनुस्। संरक्षणमा कुनै थुनछेक हुँदैन,’ उनले भने, ‘आम्दानी ब्यवस्थापनमा सरकार समन्वय गर्न तयार छ। त्यसका लागि कानुन निर्माण हुँदैछ।’ स्थानीयबाट उठाइएको रकम सोही क्षेत्रमा लगानी गर्न उनको आग्रह छ।

एक्याप प्रमुख राजकुमार गुरुङले एक्याप र स्थानीय सरकारबीच समन्वय नहुँदा समस्या भैरहेको बताए। ‘एक्यापको नियमावलीले पूर्ण अधिकार हामीलाई छ। स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिका र नगरपालिकालाई अधिकार दिएको छ’, उनले भने, ‘अब नियमावली संशोधन गरेर र स्थानीय तहसँग समन्वय गरेरै अघि बढ्छौं।’

‘अहिले उठेको कुराजस्तो स्थानीयलाई अधिकार नभएको होइन। सम्बन्धित क्षेत्रको श्रोत सोही ठाउँमा प्रयोग भैरहेको छ,’ उनी भन्छन्, ‘हामीले श्रोत उपभोग गर्न रोकेका छैनौं । संरक्षणका लागि र ब्यवस्थित उपभोगका लागि समन्वयमात्रै गरेका हौं।’

कार्यक्रममा घान्द्रुककी स्थानीय चीजकुमारी परियार र भुजुङकी जुनकाशी विकले एक्यापले स्थानीय स्तरमा गरेको सहयोगले ल्याएका परिवर्तनबारे जानकारी गराए।

कार्यक्रम सहजीकरण पत्रकार अनिता विन्दुले गरेकी थिइन्। कार्यक्रमका सहभागीहरुले जनताका गुनासो सम्बोधन गर्दै संरक्षणमा लाग्न सुझाव दिए। उनीहरुले श्रोत-साधनलाई व्यावसायिकतासँग जोडेर स्थानीयको आयआर्जनमा सहयोग गर्न सके अहिलेको समस्या विस्तारै सम्बोधन हुँदै जाने बताए।

Related News

सम्बन्धित समाचार

  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…
  • नेरेसो उपशाखा ८ को सभा

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाका १६ औं वार्षिक साधारण सभा भएको छ । सभाको उद्घाटन गर्दै जनप्रिय क्याम्पस…
  • रैथाने अन्नबाली खान जोड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । ताओ एसोसिएसन पोखराले दीर्घरोग र यसको व्यवस्थापनमा रैथाने अन्नबालीको उपयोगबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा डा. सुधाश्री अधिकारी…
  • कालिका क्याम्पस अध्यक्षमा किरण केसी

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । कालिका बहुमुखी क्याम्पस, पोखरा–१४ काजीपोखरीको संचालक समिति अध्यक्षमा किरण केसी निर्वाचित भएका छन् । युवा व्यवसायी केसी यसअघि…

hero news full width