लायन्स सेभन लेक सिटीको सहयोग

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५
Photo of lions

लेखनाथ, ५ पुस। लायन्स क्लब अफ लेखनाथ सेभेन लेकसिटीले विन्ध्यवासिनी मावि, बाटुलेचौरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।

क्लबले विद्यालयमा अध्ययनरत आर्थिक स्थिति न्यून भएका परिवारका ६० जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ वि १ नेपालका रिजन चियरपर्सन मधुसुदन कोइरालाले कपडा वितरण गर्दै पठनपाठनका लागि शारीरिक र मानसिक रूपमा स्वच्छ हुनुपर्नेमा जोड दिँदै विद्यार्थीले पाएका न्यानो कपडाले उनीहरूलाई पढाइमा थप सहयोग मिल्ने बताए।

क्लब अध्यक्ष गणेशप्रसाद ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा संयोजक क्लबका निवर्तमान अध्यक्ष शिवप्रसाद भण्डारी लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • कर्मचारी युनियन हिमालय आँखा अस्पतालमा प्रेमकुमार

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०७९
    पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पताल पोखरा अध्यक्षमा प्रेमकुमार नकर्मी निर्वाचित भएका छन् । युनियनको शनिबार साताै…
  • पोखरामा रैथाने भोजन सप्ताह

    आदर्श समाज सम्वाददाता मंसिर ९, २०७९
    पोखरा । पोखरामा ‘रैथाने भोजन सप्ताह अनि मःम जात्रा’ हुने भएको छ । नेपासा भोजनले मंसिर १० देखि रैथाने खानाको…
  • क्होइबों बनाउन १० लाख सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०७९
    पोखरा । घान्द्रुकमा निर्माण हुन लागेको क्होइबों धिंका लागि घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ । समाजले मंगलबार घान्द्रुक…
  • पोखरा विमानस्थल : ग्राउण्ड ह्याण्डलिङ माग्यो निगमले

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०७९
    पोखरा । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमलाई प्रदान…
  • जन्मदिनमा वृद्धाश्रममा खाद्यान्न वितरण

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०७९
    पोखरा । हङकङलाई कर्मथलो बनाएका देवचन्द्र गुरुङ र सावित्री गुरुङले आफ्नो छोरा सम्राट गुरुङको १० औं जन्मदिनका अवसरमा पोखरा वृद्धाश्रमलाई…

hero news full width

Recent Posts

भर्खरै

trending post

ट्रेन्डिङ्ग