हेमजा, ४ पुस। तनहुँ दुलेगौंडादेखि स्याङ्जा रामबाच्छासम्म करिव ७२ किमी लामो मिलेनियम (सहस्राब्दी) पदमार्ग पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न सक्ने ठहर गरिएको छ।
मिलेनियम टे्रक व्यवस्थापन समितिको आयोजनामा नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा टानको संरक्षणमा भएको परिचयात्मक पदयात्रा कार्यक्रमका सहभागीले सो ठहर गरेका हुन् ।
पर्यटन बोर्ड पोखराका लेखा प्रमुख गोपाल भण्डारीले पर्यटन व्यवसाय नेपाली अर्थतन्त्रको मूल आधार भएको बताउँदै मिलेनियम टे्रक नेपालको मध्यपहाडी क्षेत्रकै उत्कृष्ट गन्तव्यस्थल भएको बताए।
उनले सो टे्रकअन्तर्गत मुख्यस्थल प्रचारमा जोड दिँदै उक्त पदयात्राले नेपालको ग्रामिण पर्यटनलाई टेवा पुर्याउने विश्वास व्यक्त गरे। पर्यटन बोर्डले सो मार्गको स्तरोन्नति विशेष ध्यान दिने बताए ।
तनहुँ उद्योग वाणिज्य संघका प्रतिनिधि रामकुमार वाग्लेले नेपाल पर्यटकीय सम्भावनाको देश भएको चर्चा गर्दै उद्योग वाणिज्य संघले पनि त्यहाँको पर्यटन प्रवर्द्धनका सहयोग पुर्याउने जनाए। उनले सो पदमार्गको व्यापक प्रचारप्रसारमा जोड पनि दिए।
सो अवसरमा पदमार्गका द्वितीय उपाध्यक्ष थमनबहादुर आले, पत्रकार बासुदेव पौडेल लगायतले पनि धारणा राखेका थिए। पदमार्गबारे जानकारी दिँदै पदमार्ग व्यवस्थापन समिति महासचिव हर्क गुरुङले सन् २००० मा उक्त मार्गको पहिचान गरिएको बताए। तनहुँ र स्याङ्जाका साविकका २२ गाविस क्षेत्रभित्र रहेको उक्त पदमार्ग ६ रात ७ दिनको प्याकेजअन्तर्गत यात्रा सफल हुने पनि उनले जनाए।
उक्त मार्गअन्तर्गत ढोरमूलकोट, देउती बजै थान, रजस्थल, घडेरी, मिलेनियम गुफा, काल्खु, जलकन्या मन्दिर, पोखरीछाप, कोल्माकोट, भैसेगौँडा, पेल्काचौर, देउपुजे ढुङगा, सिंगारकोट, बूढाकोट, गहते मनकामना, रामबाच्छालगायत स्थान महत्वपूर्ण मानिँदैआएका छन्।
यसैबीच पदयात्रामा निस्केको व्यवस्थापन समिति, पर्यटन बोर्ड पोखराका प्रतिनिधि तथा पत्रकार सम्मिलित टोली चार दिनको यात्रापछि सोमवार पोखरा फर्केको छ।
पदमार्ग व्यवस्थापन समितिका द्वितीय उपाध्यक्ष आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रम व्यवस्थापन समिति महासचिव गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव
यती एअर दुर्घटना: क्षतिपूर्ति हकदाबी गर्न आग्रह
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०