वालिङ, ४ पुस । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजना र सुन्तलाबारी सामुदायिक होमस्टेको व्यवस्थापनमा बुधबार सुन्तलाबारीमा अन्तक्रिर्या कार्यक्रम भएको छ।
किसानका समस्याबारे जानकारी लिने, उत्पादन वृद्धि गर्ने, कृषकलाई कृषि पेशामा आत्मनिर्भर बनाउने, कृषकसँगै बसेर आवश्यक नीति निर्माण गरी सहयोग गर्ने मुख्य उद्देश्यले गण्डकी प्रदेशले कृषकसँग कृषिमन्त्री कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशले प्रत्येक महिना किसानका खेतबारीमा पुगेर उनीहरुलाई व्यवसायप्रति लाग्न थप प्रेरणा प्रदान गर्ने गरी सो अभियान चालिएको बताए।
मन्त्री थापाले गण्डकी प्रदेश अहिले आवश्यक नीति निर्माणको चरणमा रहेको बताउँदै संघीय प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै विकास निर्माणमा लाग्ने उल्लेख गरे।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले कृषकहरुले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि नगरपालिकाले देशका विभिन्न शहरमा वालिङ प्रोडक्ट मार्ट नामक कम्पनी स्थापना गर्ने तयारीमा रहेको बताए। उनले नगरपालिकाले बीउ पुँजी प्रदान गर्ने, धितो नभएका किसानका लागि बैंकहरुसँग नगरपालिका जमानी बसेर सहुलियत दरमा ऋण उपलब्ध गराउन सहयोग गर्ने बताए।
स्थानीय व्यावसायिक कृषकले उठाएका समस्या समाधानका लागि स्थानीय सरकारले पहल गर्ने नगर प्रमुख खाँणले बताए।
कार्यक्रममा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ, वालिङ नगरपालिका ४ का वडाध्यक्ष रनध्वज गुरुङ, सुबेदार खेमराज गुरुङ लगायतले किसानका समस्याकाबारे बोलेका थिए।
सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव लम्सालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९