पोखरा, ४ पुस। पोखरा २२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्मकैद सजाय सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको इजलासले बुधबार कुसुमलाई आजीवन काराबास सजाय सुनाएको हो।
जबरजस्ती करणी गरी कर्त्तव्यज्यान मुद्दामा उनलाई नमरुञ्जेलसम्म जेलमा राख्न फैसला सुनाइएको अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए। पौडेलविरुद्ध पोखरा-२२ का मीनबहादुर विकले किटानी जाहेरी दिएका थिए।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले ६ किसिमको अपराधलाई जीवित रहँदासम्म कैदमा राख्न मिल्ने व्यवस्था गरेको छ। जसमा बलात्कारपछि हुने हत्या पनि पर्छ। मुलुकी अपराध (संहिता) ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जबर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी जीवनभर जेल बस्नुपर्नेछ।
जिल्ला न्यायाधीवक्ता गुरुप्रसाद वाग्ले, सहायक जिल्ला न्यायाधीवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले वादीको पक्षमा बहस गरेका थिए।
त्यस्तै प्रतिवादीतर्फबाट अदालतका वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए। दोषीउपर कडा सजाय माग गर्दै श्रेयाका आफन्तले एक सातासम्म आन्दोलन समेत गरेका थिए।
अदालतका श्रेस्तेदार जगन्नाथ पौडेलले यस्ता फैसलाले अपराध न्यूनिकरणमा समेत टेवा पुग्ने बताउँछन्।
‘मुलुकी अपराध संहितामा ६ वटा अपराधलाई आजीवन काराबास भनेर तोकेको छ। सोही अनुसार फैसला सुनाइएको हो,’ उनले भने, ‘अपराध गर्दा कस्तो कारबाही भोग्नुपर्ने रहेछ भनेर यसले उदाहरण पनि दिएको छ। अपराधिक मानसिकता भएकाहरु यस्ता फैसलाले पक्कै हच्किनेछन्।’
रक्सीले मात्तिएका कुसुमले गत असोज ८ गते छिमेकी बालिका श्रेयाको हत्या गरेका थिए। शुरुवातमा बलात्कार गर्न खोजेको र श्रेयाले प्रतिकार गर्दा घाँटीले थिचेर बेहोस बनाएको र बलात्कार गरिसकेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कुसुमलाई कास्की प्रहरीले घटनाको २४ घण्टा नबित्दै पुम्दीभुम्दी गाउँबाटै पक्राउ गर्न सफल भएको थियो ।
स्याङ्जा आर्रुखर्क घर भएका पौडेल पोखरा-२२, पुम्दीभुम्दी कोदीमा बस्दै आएका थिए।
उता, मामाघर बसेर स्थानीय लीला प्राथमिक विद्यालयमा कक्षा ३ पढ्दै गरेकी श्रेया सो दिन बिस्कुट किन्न जान्छु भनी गएकोमा कहिल्यै नफर्केकी हुन् ।
Related News
सम्बन्धित समाचार
५१ युनिट रगत संकलन
विद्यार्थी उपचारका लागि अक्षयकोष
एनएमबी बैंकद्वारा कालिका क्याम्पसलाई सहयोग
लेखनाथ उद्योग वाणिज्य संघको दौड प्रतियोगिता
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९