हेमजा, ४ पुस। अन्नपूर्ण गाउँपालिकाको घान्दु्रकस्थित लामा अमृत फाउण्डेसन तथा लक्षिण फाउण्डेसन न्यूयोर्कले बुधवार घान्द्रुकस्थित शिशु स्याहार केन्द्रलाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग गरेको छन। सो सहयोगबाट ३० जना शिशु लाभान्वित भएका छन्।
लामा अमृत फाउण्डेसनका संस्थापक अमृत गुरुङ लामा र लक्षिण फाउण्डेसन संस्थापक लक्षिण गुरुङले केन्द्र शिक्षक मीना गुरुङलाई सो सामग्री हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा लक्षिण फाउन्डेसन संस्थापक गुरुङले आफ्नो गाउँ आफैले बनाउनुपर्छ भन्ने उद्दश्यले सहयोग गरेको बताए। लामा अमृत फाउन्डेसन संस्थापक गुरुङले आफूले आधारभूत शिक्षा हासिल गरेको केन्द्रमा सहयोग गर्न पाउदा खुसी लागेको बताए। केन्द्रलाई शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग गर्न लक्षिण फाउन्डेसन न्यूयोर्कका संस्थापकले पनि समन्वय गरेकोमा धन्यवाद दिए ।
कार्यक्रमबीच स्थानीय मेश्रमबराह मावि, माईसेवा आधारभूत विद्यालय, शिशु स्याहार केन्द्र, घान्दु्रक स्वास्थ्य चौकी, गुम्बा, घान्दु्रक प्रहरी चौकी, सेफ डि्रङकिङ बाटर, खोलोभ्रो बसपार्क, वन समिति घान्द्रुक तथा अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालयलाई गरी १२ थान डस्टबिन तथा रोधी क्लबलाई थप दुर्इ थान बास्केटबल सहयोग गरिएको छ।
सो अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय, घान्दु्रक प्रमुख विदुर कुँइकेल, समाजसेवी चकबहादुर गुरुङ, रोधी क्लब अध्यक्ष पूर्णप्रसाद गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए।
केन्द्रका प्रतिनिधि कृष्णकुमारी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मीना गुरुङले स्वागत तथा सचिव रामकुमारी परियारले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९