पोखरा, ३ पुस। लायन्स क्लब अफ लामाचौर र सच्चाई सत्संग लामाचौरले कास्कीका दुर्इ सामुदायिक विद्यालयका विद्यार्थीलार्ई स्टेशनरी, न्यानो कपडा तथा एक थान कम्प्युटर हस्तान्तरण गरेको छ।
पोखरा २८ मा रहेको लेखनाथ आधारभूत विद्यालयलाई कम्प्युटर सहित त्यहाँ अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी प्रदान गरिएको हो ।
त्यस्ते, पोखरा २७ मा रहेको कविशिरोमणि लेखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हेा । दुवै विद्यालयमा दलित/जनजाति तथा विपन्न वर्गका बालबालिका पढ्छन् ।
लेखनाथ आधारभूत विद्यालयमा भएको कार्यक्रममा क्लब अध्यक्ष सञ्जय लामाले वडा २८ का अध्यक्ष निर्मल दियाली, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोलानाथ त्रिपाठी र प्रअ टेकबहादुर भुजेललाई कम्प्युटर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक गभर्नर ३२५ वी नेपालका डिपार्टमेन्ट चिफ तीर्थ श्रेष्ठ, डिष्ट्रिक ३२५ वीका जोन चेयरपर्सन गोविन्दबहादुर शाही, क्लब उपाध्यक्ष तथा सच्चाई लामाचौरका अध्यक्ष ज्ञानु लामा लगायतले विद्यार्थीलाई सो सहयोग वितरण गरेका हुन्।
कार्यक्रममा पत्रकार रामप्रसाद तिमिल्सेना, विद्यालयका स्रोतव्यक्ति दीपकराज अधिकारी, क्लब उपाध्यक्ष ज्ञानु लामा लगायतले विद्यालयको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गरे।
उता, कविशिरोमणि विद्यालयमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र पौडेलले क्लबले गरेको सहयोगले विद्यार्थीलाई निरन्तर विद्यालय आउन सहयोग पुग्ने बताए । शिक्षक वेदनाथ अधिकारीले संचालन गरेको सो कार्यक्रममा समाजसेवी गोपी पौडेलले स्वागत गरेका थिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९