पोखरा, २ पुस । पल टासी छ्योलिङ (गोपाल) गुम्बामा आइतवारदेखि कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा तोनाग घोसुम पुजा शुरु भएको छ । गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा संस्कृति मन्त्री विकास लम्सालले शान्तिदीप प्रज्वलन गरी कङ्ग्युर (त्रिपिटक) पाठ वाचन तथा पुजाको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि मन्त्री लम्सालले शुभकामना व्यक्त गर्दै गुम्बा विकासका लागि सक्दो सहयोग गर्ने बताए । उनले संस्कृति र मौलिकता संरक्षणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै गुम्बा सम्पदा भएकाले संरक्षण र विकासमा विशेष ध्यान दिने प्रतिबद्धता जनाए ।
मन्त्री लम्सालले विश्वशान्तिका लागि बाचन गरिने पुण्य बौद्ध शास्त्र त्रिपिटक र ग्रहशान्तिका लागि तोनाघोसुम पुजाले सभ्य समाज निर्माणमा योगदान पुग्ने दावी गरे । उनले बुद्धका उपदेश सबैका लागि मननीय र समृद्ध समाजका लागि अनुकरणीय रहेको बताए ।
कार्यक्रममा भरखरै अन्तर्राष्ट्रिय समाजसेवा पुरस्कारबाट पुरस्कृत, वरिष्ठ समाजसेवी मेजर डिलबहादुर गुरुङले कङ्ग्युर पाठ तथा तोनाघोसुम पुजाको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । गुम्बा विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । लामा गुरुहरु र समुदायको तर्फबाट गुम्बा निर्माण गरी विश्वशान्तिका लागि योगदान पुर्याइरहेको उनको भनाई थियो । उनले अब सरकारले गुम्बा विकासका लागि विशेष ध्यान दिनुपर्ने बताए ।
पल टासी छ्योएलिङ गोपाल गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों रिहृचमी -चेलीबेटी)हरु लगायत विभिन्न जिल्लाबाट बौद्ध उपासक उपासिकाहरुको बृहत सहभागीता थियो ।
त्रिपिटक पाठ तथा पुजा प्रमुख लामा गोपाल गुरुङको अगुवाईमा गोपाल गुम्बाका लामाहरुसहित संखुवासभा, सुनसरी (इटहरी), सिमरा रुपन्देही (भैरवा), आँबुखैरेनी (तनहुँ) लगायतबाट गरी करिब ७० जना लामाहरुको सहभागिता छ ।
तमुहरुको नयाँ वर्ष ल्होछार फो ल्हो आगमनको अवसरमा १८ औंं पटकको दशदिने त्रिपिटक पाठ तथा पुजामा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठभाई बाह्र घर प्ल्हनेरों रिहृचमी (चेलीबेटी) सहयोगीको रुपमा रहेको छ ।
विश्वमा घटिरहेका हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस्, वर्तमान असहज परिस्थिति अन्त्य भई दिगो शान्तिको कामना गर्दै फो ल्हो (मृग वर्ग) आगमनको अवसरमा आइतवारदेखि पुष ८ गतेसम्म दैनिक बिहान ढोल्मा तारादेवीको पुजा र आयु पुजा, कङ्ग्युर पाठ वाचन, दिउसो कङ्ग्युर पाठ वाचन, कुरिम तथा महाकाल पुजा (ग्रहशान्ति पुजा) तथा ङोवा मोनलम (पितृ पुजा) गरिने गुम्बाका प्रमुख लामा आम्ची लामा गोपाल गुरुङले जानकारी दिएका छन् ।
यसरी नै पुस ९ गते गुरु रिम्पोछेको पुजा तथा तोनाघोसुम ग्रहशान्ति पुजा, दिउसो परमपुज्य टुल्कु धाम्छ्यो रिन्पोछेलाई स्वागत, लामा नृत्य (छ्याम) तथा तोनागघोसुम ग्रहशान्ति पुजा विसर्जन, पुस १० गते अन्तिम दिन नमो बुद्ध काभ्रेका परमपुज्य गुरु टुल्कु धाम्छ्यो रिन्पोछेबाट छेवाङ (अभिषेक) प्रदान गरिने कार्यक्रम रहको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९