लमजुङ, १ पुस । लमजुङ १३ बर्षकी किशोरीलाई जवरजस्ती करणी गर्न खोज्ने २ युवा पक्राउ परेका छन् । लमजुङ दोर्दी गाउँपालिका-३ सो घट्ना भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नुवाकोट ककनी गाउपालिका- ६ बस्ने वर्ष १९ को विशाल तामाङ र वर्ष १९ का राजकुमार तामाङ भएको जिल्ला प्रहरी कर्यालय लमजुङले जनाएको छ । ती किशोरीलाई विशालले जवर्जस्ती करणी गरेको र राजकुमार तामाङले जवर्जस्ती करणी गर्न खोज्दा किशोरीले कराई हल्ला गरेपछि उनीहरू भागेका प्रहरी भनाई छ ।
उनीहरूलाई फरार रही लुकीछिपी रहेको अवस्थामा आइतबार पक्राउ गरिएको हो । सो घटना शनिबार साँझको समयमा घरदेखि पैदल १० मिनेटको दुरीमा रहेको दोर्दी गाउँपालिका- ३ मालागिरी स्थित किसिदी खोलामा शनिबार लुगा धुन गएको समयमा भएको पीडित परिवारको भनाई रहेको प्रहरीले पुष्टि गरेको छ ।
उनीहरुको खोजतलास सोही वडामा लुकिछिपि हिडेको अबस्थामा फेला पारी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।
उनका अनुसार ती दुवै तामाङलाई जबरजस्ती करणी सम्बन्धी कसुर मुद्धा चलाउन सम्मानित जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान कार्य गर्न पहिलो पटक १० दिनको म्याद थप भई आएकोमा थप अनुसन्धान कार्य जारी रहेको छ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९