पोखरा, १ पुस। स्याङ्जा हस्पिटल प्रालिको आयोजनामा पुतलीबजार १, चौकीमा शनिबार स्वास्थ्य शिविर भएको छ। शिविरमा ३ सय २ जनाको निःशुल्क रुप रुपमा थाइराइड, रगतमा हुने खराब बोसो र मधुमेहसम्बन्धी रक्त परीक्षण गरिएको छ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि-युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो।
कार्यक्रममा सांसद नारायणप्रसाद मरासिनीले स्वास्थ्य, शिक्षा, रोजगारीको संविधानले ग्यारेन्टी गरे पनि अझै राज्यले यसको ग्यारेन्टी गर्न सक्ने अवस्था नरहेको बताए। उनले खानपान, जीवनशैली र शारीरिक व्यायममा ध्यान दिँदै रोग लागिहाले पनि नडराउन बरु उचित उपचार गर्न आग्रह गरे।
मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा तारा कोइरालाले भने, ‘धूमपान, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल कफिनका ४ खुट्टा हुन्। यीबाट टाढै रहनुस्।’ उनले रोग लागे/नलागेको पत्ता लगाउन र रोगको अवस्था थाहा पाउन राम्रा ल्याब जरुरी हुने उल्लेख गरे। थाइराइडका विभिन्न प्रकार र अवस्थाबारे प्रकाश पार्दै उनले सबै थाइराइडमा औषधी खानैपर्छ भन्ने भ्रम नपाल्न आग्रह गरे। इन्सुलिन बन्दै नबन्दा, कम बन्दा र बनेको इन्सुलिनले पनि काम नगर्दा मधुमेह हुन्छ। डा. कोइरालाले जीवनशैली, खानपान र वंशाणुगत कारणले पनि मधुमेह हुनसक्ने औंल्याए।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले गण्डकी प्रदेशका बासिन्दालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनु युआरएलको लक्ष्य भएको बताए। उनले भने, ‘समस्या हुने सबैसँग पैसा हुँदैन। रोग लुकाउँदा, उपचार नगर्दा ज्यानै जान सक्छ। यसैलाई मनन गरी हामी शिविरहरू आयोजना गरिरहेका छौं।’
स्याङ्जा हस्पिटल प्रालिका सञ्चालक डा वसन्त पंगेनीले स्वस्थ मानिसलाई रोग लाग्न नदिन र रोग लागिसकेकालाई उचित उपचारका लागि यस्ता कार्यक्रम सहयोगी हुने बताए। कार्यक्रम सञ्चालन विक्रम परियारले गरेका थिए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९