पोखरा, १ पुस। प्रस्तावित गण्डकी ट्याक्सी व्यवसाय समिति चिप्लेढुङगा शाखाको व्यवसायिक भेला गरिएको छ।
भेलाको उद्घाटन गर्दै ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष एवं हाल गण्डकी ट्याक्सी व्यवसायी समिति पव्लिक लिमिटेडका अध्यक्ष गान्धीराज गिरीले व्यवसायिक हक हितका कुरा वुलन्द गर्न नयाँ पव्लिक लिमिटेड दर्ता भएको वताए। उनले सरकारले काठमाण्डौलाई मात्र नेपाल भन्ने गरेको आरोप लगाए।
जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिने वित्तिकै यातायात क्षेत्रका नियम फेरिनु दुर्भाग्य भएको वताउँदै उनले कास्कीमा २०६९ सालमा प्रशासनसँग भएको सहमति कायम गर्नुपर्ने मागसमेत गरेका छन्।
उनले सरकारले यातायात व्यवसायीलाइ सौतेनी व्यवहार गरेको भन्दै ७ वर्षमा ट्याक्सीको मिटरमा जम्मा २ रुपैयाँ वढाएर घोर अन्याय गरेको वताए। उनले गण्डकी पव्लिक लिमिटेट कमजोर नरहेको वताउँदै व्यवसायीहरु इमान्दार भएमा जस्ता सुकै चुनौतिको सामना गर्न आफू तयार रहेको वताए। उनले ट्याक्सी व्यवसाय समिति पोखरामा आफ्नो जीवनको महत्वपूर्ण लगानी रहेको वताउँदै पछिल्लो समयमा नीतिगत रुपमा समिति चुकेको कारण नयाँ समितिको आवस्यकता देखेको वताए।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कमल पौडेल अथकले धेरै व्यवसायी समिति हुनु मात्र ठूलो कुरा नभएको वताउँदै उपभोक्ता मैत्री यातायात वनाउनतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गरे।
कम्पनीका दुर्घटना विमा संयोजक नुलकण्ठ सुवेदीले विगतका दिनमा ३ महिना धाउँदा पनि प्राप्त गर्न नसकिने दुर्घटना वीमा दावी भुक्तानी अहिले १० दिनमा नै दिन पव्लिक लिमिटेड सफल भएको दावी गरे।
शाखा संयोजक राजु वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अर्जुन पौडेलले पनि आफ्ना भनाई राखेका थिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९