पोखरा, २९ मंसिर । सिडी विजय अधिकारी ‘द भ्वाइस अफ नेपाल’ को विजेता बनेका छन् ।
कान्तिपुर टेलिभिजनले आयोजना गरेको सो गायन प्रतिष्पर्धामा फाइनलमा पुगेका अन्य ३ प्रतिष्पर्धीलाई पाखा लगाउँदै अधिकारीले उपाधिसहित नगद २५ लाख, ब्राण्ड न्यू कार र २० लाख बराबरको संगीत सम्झौता पुरस्कार पाएका छन् । कतारमा शुक्रबार राति भएको ग्राण्ड फिनालेमा हास्यकलाकार एवं सामाजिक अभियन्ता धुर्मुस र सुन्तलीले अधिकारी विजेता बनेको घोषणा गरेका थिए ।
उत्कृष्ट चारमा टिम दीप श्रेष्ठबाट अधिकारीसहित सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम प्रमोद खरेलबाट श्रीजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य पुगेका थिए । उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोट आधारमा प्रतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको थियो ।
सनुप पौडेलको चर्चित गीत ‘दैव हे’ बाट ‘द भ्वाइस अफ नेपालमा प्रवेश गरेका अधिकारीले ‘भिरमा उन्यू’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमीफाइनलमा ‘मैले’ बोलको गीतबाट आएका थिए।
गायन दौरानमा निर्णायकबाट बहुप्रतिभावान् कलाकारको उपाधि समेत प्राप्त गरेका अधिकारी राष्ट्रियस्तरमा चर्चा कमाइसकेका र एक स्थापित स्रष्टा हुन् । हालसम्म २ सयभन्दा बढी गीतहरूमा स्वर दिइसकेका अधिकारी पृथ्वीनारायण क्याम्पसको स्वर्णमहोत्सव अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भई पिएनसी आइडल तथा बिग आइकन उपविजेता बनेका थिए । २०६७ सालमा नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभामा उपविजेता र २०७४ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितिामा गायनतर्फ सर्वप्रथम भएका छन्।
कास्कीको लाहाचोकका चन्द्रकान्त अधिकारी र दुर्गा अधिकारीको कोखबाट २०४६ भदौ ४ मा जन्मेका सिडी विजय सानै उमेरदेखि पढाइ साथै सांगीतिक क्षेत्रमा समेत आफ्नो क्षमता प्रदर्शन गरी थुप्रै पुरस्कार हात पार्न सफल भइसकेका छन् ।
मदरल्याण्ड मावि, पोखरामा कक्षा ७ मा अध्ययन गर्दा जिल्लास्तरीय गायन प्रतियोगितामा उपाधि प्राप्त गरी वर्ल्डभिजनद्वारा प्रकाशित क्यासेट एल्बम आभाषको आधा दर्जन गीतहरुमा स्वर दिई गायनयात्रा प्रारम्भ गरेका हुन् । उनी सानैदेखि संगीतमा शौखिन रहेको मदरल्याण्ड माविका निर्देशक त्रिभुवन शर्माले सम्झे । पोखरामा छँदा उनले त्रिवेणी संगीतालय न्यूरोडमा रहेर संगीत शिक्षा लिएका थिए ।
उनलाई जिताउन पोखरामा सिडी विजय अधिकारी सहयोग समिति नै गठन गरिएको थियो । गायक पदमराज ढकाल संयोजक रहेको समितिले उनको निम्ति निरन्तर भोट दिन आग्रह गर्दैआएको थियो । जितपछि संयोजक ढकालले भोट दिएर सहयोग गर्नेप्रति आभार व्यक्त गरे । गायक ढकालले भने, ‘अधिकारी विजेता बन्न योग्य थिए । आज सपना साकार भो । उनको लोक तथा आधुनिक दुवैमा उत्तिकै गायन क्षमता छ ।’
फाइनलमा प्रवेश गरेकाहरुलाई सांगीतिक यात्राको विश्व भ्रमणसमेत मिलेको छ ।
यसैबीच, उनी विजेता बन्नासाथ नेपाल आइडलका अन्तिम प्रतिस्पर्धी बिक्रम बरालले बधाई दिएका छन्। उनले आफ्नो फेसबुकमा विजेता बनेको बधाई ज्ञापन गर्दछु भनी पोष्ट गरेका हुन्। पोखराबाटै संगीत कर्म शुरु गरेका विक्रम फाइनल पुगेको नेपाल आइडलको घोषणा पुस ६ मा हुँदैछ । उनलाई जिताउन पनि अपील भइरहेको छ ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९