लमजुङ, २९ मंसिर। स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारितामा सिर्जनशीलता जरुरी रहेको बताएका छन्।
स्वतन्त्र पत्रकार संघ लमजुङ शाखाद्वारा वेशीशहरमा आयोजित आधारभूत पत्रकारिता तालिम समापनका अवसरमा प्रशिक्षार्थीलाई शनिबार प्रमाणपत्र वितरण गर्दै उनले त्यस्तो बताएका हुन्।
‘पहिले १० वर्ष काम गर्दा पनि प्रमाणपत्र पाउने अवस्था थिएन तर यो तालिममा सहभागी भएर आजदेखि नै आफूलाई पत्रकार हुँ भन्ने अधिकारप्राप्त भएको छ,’ आदर्श समाज दैनिकका प्रधानसम्पादक समेत रहेका बास्तोलाले भने, ‘किनकि तपाईको साथमा प्रमाणपत्र छ ।’
उनले पत्रकारितामा सिर्जनशीलताको खाँचो रहेको र निरन्तर अभ्यासले दक्ष पत्रकार बन्न सकिने बताए । लेख्दै जाँदा अप्रत्यासित रुपमा पुरस्कार पनि पाउन सक्ने हुन्छ भन्दै उनले पत्रकार आग्रह-पूर्वाग्रहरहित, निडर, निर्भिक बनी सबैप्रति सद्भाव राख्ने स्वतन्त्र हुनुपर्छ भने ।
संघका राष्ट्रिय महासचिव नवराज पहाडीले सहभागीको उत्साहजनक उपस्थितिले आफूलाई उत्साहित बनाएको बताए। उनले आफूले पत्रकारिता शुरु गर्दा आफूलाई तातेताते गराउने कोही नभएको तर आज साथ दिने अनगिन्ति हात छन् भन्दै यस क्षेत्रका उत्साहसाथ खट्न आग्रह गरे। उनले संघको शाखा रहेका सबै जिल्लामा यसप्रकारको तालिमलाई निरन्तरता दिने बताए ।
नेपाल पत्रकार संघका पूर्व जिल्ला अध्यक्ष कृष्ण केसीले पत्रकारितामा दक्षता हासिल गरेमा सम्भावना बढी रहेको बताए । यो पेशा रहर र उत्साहले गर्नुर्पर्छ भन्दै उनले यस क्षेत्रमा क्षमताको विकास महत्वपूर्ण रहेकोमा जोड दिए । प्रशिक्षक कृष्ण आलेले पत्रकारिता एकखालको नसा हो भने । उनले जे सिक्यौँ व्यवहारमा प्रयोग गरौँ अवश्य पनि लाभ मिल्नेछ भन्दै सहभागीलाई विश्वास दिलाए। सो अवसरमा सहभागी इन्द्रबहादुर सुयल, अमृता असिम, बन्दना रिमाल, सुभास परियार, गंगा घले, विमल महत र प्रकृति सुयलले तालिम उपयोगी भएको बताए।
स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा कोषाध्यक्ष सुधा ढकालले स्वागत गीत प्रस्तुत गरेकी थिइन् भने संघ सदस्य कुमारी तामाङले सञ्चालन गरेकी थिइन्।
तीन दिनसम्म चलेको सो तालिममा यस वर्ष एसर्इइ परीक्षामा सहभागी हुने प्रकृति सुयलदेखि नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण अमृता घिमिरे असिम समेत १८ जनाले भाग लिएको संघका जिल्ला अध्यक्ष पौडेलले बताए।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९