पोखरा, २९ मंसिर । पश्चिमाञ्चल मावि, पोखराले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालयले हरेक २ वर्षमा प्रदान गर्ने पश्चिमाञ्चल गौरव पुरस्कार केन्द्रका अभियन्ता महावीर पुनलाई प्रदान गर्यो ।
विद्यालयको २७ औं वाषिर्कोत्सव अवसर पारेर शनिबार आयोजित कार्यक्रममा विज्ञान र प्रविधिमा विशेष योगदान दिएकोमा केन्द्रका अभियन्ता पुनलाई २५ हजार पुरस्कार र १ लाख रुपैयाँ सहयोगसहित १ लाख २५ हजार रुपैयाँको संयुक्त चेक हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेशकी सांसद मीत्रकुमारी सुवेदी, पश्चिमाञ्चल फाउण्डेसनका अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, पुरस्कार छनोट समितिका संयोजक प्राडा विश्वकल्याण पराजुली, प्राचार्य ताराबहादुर घिमिरे लगायतले पुरस्कार र सहयोग प्रदान गरेका थिए ।
आविष्कार केन्द्र स्थापनामा थोरै भए पनि योगदान दिन सहयोग गरिएको विद्यालयले जनाएको छ। पुनले केन्द्र स्थापना गर्न व्यक्तिगत रुपमा जग्गा दिएर आर्थिक सहयोग जुटाउन थालेका थिए । सूचना प्रविधिका अभियन्ता पुन म्यागासेसे पुरस्कार विजेता समेत हुन् । दुर्गम गाउँमा सूचना प्रविधि विस्तारमा उनले विशेष योगदान छ।
पुरस्कार छनोट समिति संयोजक प्राडा विश्वकल्याण पराजुलीले पुनले सूचना प्राविधिका लागि विश्वकै लागि योगदान दिएको बताए । त्यही योगदानस्वरुप ३० जनामध्येबाट पुन छनोटमा परेको उनले बताए । विद्यालयले २ वर्षअघि पहिलोपटक यो पुरस्कार विज्ञान क्षेत्रमा अनुसन्धान गरेकोमा डा कपिल अधिकारीलाई प्रदान गरेको थियो । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई २ वर्षको फरकमा विद्यालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।
विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले पुनको योगदानबाट सबैले सिको गर्नुर्पर्ने बताए । ‘दुर्गम गाउँले पुनबाट धेरै लाभ पाएका छन् । यो सिकाइ अरुका लागि पनि हुनुपर्छ,’ घिमिरेले भने ।
सांसद सुवेदीले पुनबाट राष्ट्रले नै पुनबाट लाभ लिनुपर्ने बताइन् । राज्यले पुन जस्ता व्यक्तिबाट धेरै कुरा सिक्नुपर्ने बताइन् ।
पश्चिमाञ्चल फाउण्डेसन अध्यक्ष कोइरालाले पुनको सिको अरुले पनि गर्न सके राष्ट्रका लागि महत्वपूर्ण योगदान हुने बताए ।
वाषिर्कोत्सव अवसरमा आयोजित विभिन्न कार्यक्रमका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरियो । वाषिर्कोत्सव अवसरमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । पोखराको गैह्रापाटनस्थित विद्यालयमा १२ कक्षासम्म अध्यापन हुन्छ ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९