खैरेनीटार, २९ मंसिर। शुक्लागण्डकी ६ मा रहेको तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिको सातौं साधारणसभा सम्पन्न भयो । सो अवसरमा देवीभागवत् महायज्ञको आयव्यय सार्वजनिक गरियो ।
प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईलीले तीनखोले देवीलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्नको लागि शुक्लागण्डकी नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन्।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेलले तीनखोले देवीलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न साथै यस क्षेत्रमा होमस्टे सञ्चालन गर्न स्थानियले पहल गर्न आग्रह गरे।
गत असोज २४ गतेदेखि संचालित महायज्ञ तथा तीनखोले देवी धार्मिक महोत्सवबाट ६५ लाख ८१ हजार रुपैयाँ आम्दानी भएकोमा ५० लाख ६६ हजार रुपैयाँ बचत भएको जानकारी महोत्सवका आर्थिक सहसंयोजक बालकुमार वाग्लेले गराएका थिए।
वाग्लेले बचत रकम तीनखोले देवी मन्दिरको सर्वाङ्गी विकासमा खर्च गरिने जनाए।
कार्यक्रममा नेकपाका हरिराज घिमिरे, नेपाली कां’ग्रेसका महेश्वर भट्टराई, खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थ, नागरिक समाजका बाबुराम बस्नेत, खैरेनीटार महिला विकास बहुउद्देयीय सहकारी संस्थाकी अध्यक्ष र्सूयकला ढकाल, पिताम्बर तिम्सिना लगायतले बोलेका थिए।
तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अर्जुन सापकोटा र सञ्चालन सचिव पदमराज बरालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९