लेखनाथ, २७ मंसिर। वेगनास तालमा जारी श्रीमद्भागवत् विराट ज्ञानमहायज्ञमा भक्तजनको सहभागितासँगै दान रकमसमेत वृद्धि हुँदै गएको छ। महायज्ञ छैटौं दिनसम्म आइपुग्दा अन्य दिन तुलनामा बढी रकम संकलन भएको छ।
आमा समूह, टोल विकास संस्था तथा अन्य सामाजिक संघसंस्थाले स्थानीय रुपमा संकलन गरेको रकम यज्ञस्थलमा आएर एकमुष्ठ दान गर्नेहरु बढ्दै गएको प्रचारप्रसार उपसमिति संयोजक मोती गिरीले जानकारी दिए।
महायज्ञमा हालसम्म ६० लाख ५ सय ४२ रकम संकलन भएको महायज्ञ मूलआयोजक समिति कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिए । विहीवारमात्र १६ लाख ५५ हजार ६ सय २४ रुपैयाँ संकलन भयो ।
विहीवार राष्ट्रिय परोपकार महासंघ नेपालबाट एक लाख ११ हजार एक सय ११, हेमबहादुर सापकोटा वेगनासबाट एक लाख ६६ हजार छ सय ६६, शिवप्रसाद न्यौपाने शिशुवाबाट एक लाख चार हजार, होटल तथा रेष्टुरेन्ट एशोसिएसन परिवार बेगनासबाट ६५ हजार पाँच सय ५५, तिलकप्रसाद तिवारी वेगनासतालबाट ५६ हजार एक सय १५, सेभेन लेक शुद्ध खानेपानी पचभैयाबाट ५७ हजार सात सय ७७, छलि सुवेदी पोखरा-३१ तुलादानबाट ५१ हजार दान गरिएको महायज्ञ प्रवक्ता ध्रुवनाथ अधिकारीले जानकारी दिए।
विभिन्न कालखण्डमा तालमा डुबेर ज्यान गुमाएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्दै तिनका परिवारजन कर्ताको रुपमा पूजामा संलग्न रहेको मूल समारोह समिति अध्यक्ष डिल्लीरमण तिवारीले बताएका छन्। भागवतभाष्कर कमलनयन गौतमको मुखराविन्दुबाट कथा वाचन भइरहेको सो महायज्ञ मंसिर २९ सम्म चल्नेछ ।
यसैबीच, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले वेगनास ताल वराह क्षेत्रको विस्तृत परियोजना प्रस्ताव २ महिनाभित्र तयार गर्न आग्रह गरेका छन्। वराह क्षेत्रको विस्तृत परियोजना प्रस्ताव तयार गरी कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाए।
महायज्ञमा ज्ञानका कुरा पनि लिने र मन खुलाएर दान गरी सहयोग गर्न सम्पूर्ण भक्तजनमा आग्रह गर्दै प्रमुख जिसीले महायज्ञको लक्ष्य पूरा गर्न बाँकी रहेमा महानगरले पूरा गर्ने समेत बताए।
वेगनास र रुपाताल जलाधार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न र यस क्षेत्रको जैविक विविधता संरक्षण गर्दै वेगनास क्षेत्रको समृद्धिका लागि महानगरले प्राथमिकता राखेको जिसीले बताए ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९