पोखरा, २७ मंसिर । गोल्डस्टार जुत्ताको आधिकारिक सोरुम पोखरा सिर्द्धार्थचोकमा संचालनमा आउने भएको छ। गोल्डस्टारका मार्केटिङ अफिसर रेशम भण्डारीले विहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ता ग्राहकलाई सहज ढंगले उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेशकै पहिलो सोरुम स्थापना गरिने भएको जनाए।
उनका अनुसार वाषिर्क रुपमा नेपालमा गोल्डस्टारका एक करोड ५० लाख थान जुक्ता उत्पादन हुने गरेको छ। पुरानो पुस्तादेखि लोकप्रिय ब्राण्ड गोल्डस्टारको वाषिर्क करिब ५ अर्ब बराबरको जुत्ताको कारोबार हुने बताइन्छ। भारत, चाइना, भियतनामबाट कच्चा पदार्थ आयात गरी नेपालमा उत्पादन हुने उक्त जुक्त गुणस्तरीय भएकाले नेपालीहरु पुगेका अधिकांश देशहरुमा यसको बिक्री हुने गरेको मार्केटिङ अफिसर भण्डारीले जनाए। तीन सय कर्मचारी रहेको बताउँदै उनले उक्त उद्योगबाट ४ हजार श्रमिक लाभान्वित भएको दाबी गरे।
स्वस्तिका केसी, राजन केसी र सुरज श्रेष्ठ तीन जनाको संयुक्त लगानीमा नेपाली उत्पादन गोल्डस्टारलाई अझ बढी प्रयोगमा ल्याउन शोरुम स्थापना गरेको संचालक राजन केसीले जनाए। उनका अनुसार ५० लाखको लगानीमा उक्त सोरुम स्थापना गरिएको हो।
सामान्यतया २ सयदेखि २ हजार २ सय मूल्य पर्ने विभिन्न साईज र रंगमा गोल्डस्टार जुत्ता सोरुममा उपलब्ध हुने भएको संचालक स्वस्तिका केसीले जनाइन्। औपचारिक पुस २ देखि उक्त सोरुम संचालनमा आउनेछ । नायक सलोन बस्नेत र नायिका वर्षा राउतले शोरुम उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनको ३ दिनसम्म खरिदमा १० प्रतिशत छुट दिइने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१