सराङ्कोट सहकारीको वाषिर्कोत्सवमा रक्तदान

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७५
sarangkot_Fotor

पोखरा, २७ मंसिर । सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्था १३ औं वर्षमा प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको छ ।

२०६३ सालमा स्थापित सहकारीको वाषिर्कोत्सव अवसरमा विहीवार आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरे।

प्रतिनिधिसभा सदस्य एवं वरिष्ठ समाजसेवी सूर्यबहादुर केसीले संचारकर्मी कृष्ण क्षेत्री, सान्त्वना पौडेललाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि केसीले सहकारी संस्थाहरुले वित्तीय कारोबारसँगै यसैगरी सामाजिक उत्तरदायित्वमा ध्यान दिनुपर्ने दिए ।

संस्थाले स्थापनादेखि रेडियो सराङ्कोट संचालनसँगै बचत तथा ऋण कारोबारमार्फत सेयर पुँजी ४ करोड ४५ लाख, बचत ३० करोड र ऋण लगानी २८ करोड रहेको संस्थाका सचिव कृष्ण थापाले बताए।

कार्यक्रममा संस्थापक अध्यक्ष लोकबहादुर थापा, प्रहरी निरीक्षक पुष्पकमल क्षेष्ठ, रक्तसंचार केन्द्रका वरिष्ठ प्राविधिक अर्जुन ज्ञवाली, आकस्मिक रक्तदान यूनिटका व्यवस्थापक हरिशचन्द्र शर्मा, सल्लाहकार इन्द्रकमल मान्नधर, उपाध्यक्ष बसन्तबहादुर बानियाँ, सचिव कृष्ण थापा, व्यवस्थापक सुरेन्द्र थापा, संचालक सदस्य रामचन्द्र थापा, शम्शेबहादुर थापा, मायाकुमारी शर्मा, रीता क्षत्री, सेयर सदस्य गणेशबहादुर अधिकारी, लक्ष्मी पाण्डे लगायतले आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रम संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको हो ।

Related News

सम्बन्धित समाचार

  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…
  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग