पोखरा, २६ मङ्सिर।पोखरामा बुधबारदेखि छैटौं संस्करणको इक्यान कास्की शैक्षिक मेला शुरु भएको छ।
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले शैक्षिक मेलाको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै कुँवरले नेपालका राजनीतिज्ञ र विद्वान्ले मीठा भाषणले मात्र देशमा विकास र समृद्धि नआउने उल्लेख गरे। उनले नेताहरूले मीठा भाषण गरेपनि त्यो व्यवहारमा नउतार्दा देशको अवस्था यो हालतमा पुगेको बताए।
‘हाम्रो देशका राजनीतिज्ञ र विद्वान्हरू बोल्छन् मात्रै, व्यवहारमा उतार्दैनन्,’ उनले भने, ‘त्यही भएर देशको अवस्था यो हालतमा आइपुगेको छ। विधिको सासन लागू नभएसम्म देशमा विकास र समृद्धि आउँदैन। त्यसका लागि त विधिको शासन हुनुपर्छ। तर, हाम्रोमा संविधान र कानैन बनाउने तर कार्यान्वयन नगर्ने स्थिति छ। जसले संविधान र कानून बनायो, त्यसैले पालना नगर्ने परम्परा छ। यसरी, न त विकास हुन्छ। न त समृद्धी नै आउँछ।’
प्रदेश प्रमुख कुँवरले कानूनलाई जस्ताको तस्तै पालना हुने वातावरण बनाउनुपर्नेमा जोड दिए। सोसाइटीले कानून वा कानूनले सोसाइटीलाई नडोहर्याउने हो भने देशको भयावह स्थिति हुने प्रदेश प्रमख कुँवरको भनाई थियो। ‘कि कानूनद्वारा सोसाइटी परिवर्तन गर्न सक्नुपर्छ,’ उनले अगाडि थपे, ‘होइन भने सोसाइटीले कानून परिवर्तन गर्नुपर्छ। नेपालमा पनि सोसाइटीले कानून वा कानूनले सोसाइटीलाई परिवर्तन गर्न नसक्दा देशको अवस्था भयावह स्थितिमा आएको हो।
कुँवरले विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिने क्रममा देशभक्ति र राष्ट्रियताबारे समेत काउन्सिलिङ गर्न वैदेशिक शिक्षा दिने शैक्षिक परामर्श केन्द्रसमक्ष आग्रह गरे। उनले भने, ‘अध्ययन सकेपछि पनि बिदेश बस्नु नेपालको लागि हितकर नहुने भन्दै उनले अध्ययन सकेर नेपाल र नेपालीको हितका लागि राष्ट्रियता र देशभक्ति देखाएर र्फकनुपर्छ भन्ने भावना जगाउनुपर्छ।’
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले नेपालमा शिक्षामा प्रत्यक्ष बैदेशिक लगानी भित्राउने षडयन्त्र भइरहेको बताए। यस्तो षडायन्त्र कदापी स्विकार्य नहुने उनले चेतावनी दिए।
‘यहाँ हामी नै शैक्षिक परामर्श दिन सक्षम छौं,’ उनले भने, ‘तर जबरजस्ती रूपमा फरेन डाइरेक्र्ट इन्भेष्टमेन्ट, एफडीआईको लगानी भित्राउने प्रयास भइरहेको छ। यसको विरोध गर्छौ। जबरजस्ती गरे प्रतिवाद गर्छौ। कुनैपनि हालतमा भित्राउन दिदैनौं।’
उनले आफूहरू स्वस्थ हिसाबले ब्यबसाय गर्न खोजेको बताउँदै नीति निर्देशिका बनाएर शैक्षिक परामर्श दातृ संस्थाहरूलाई बाँध्न सकिने उल्लेख गरे। अध्यक्ष पाण्डेले शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त र इक्यानमा आबद्धबाहेक अन्यले शैक्षिक केन्द्र खोल्न नपाउने नियम बनाउने पहल भइरहेको जानकारी दिए।
‘नेपाललाई शैक्षिक हब बनाउन सकिन्छ,’ कुँवरले भने, ‘ठूला ठूला लगानीमा शैक्षिक कलेज तथा विश्वविद्यालय खोलेर विदेशबाट नेपालमा अध्ययनका लागि आउन सक्ने वातावरण बनाउन सकिन्छ।’
इक्यानका केन्द्रीय महासचिव शेषराज भट्टराईले केही पहिलेसम्म नेपालका औंलामा गनिने परिवारका छोराछोरी मात्र अध्ययनका लागि विदेश जानसक्ने अवस्था रहेको उल्लेख गरे। शैक्षिक परामर्श दातृ संस्थाकै कारण अहिले सामान्य वा मध्यम परिवारका छोराछोरीहरू पनि शिक्षाका लागि विदेश जानसक्ने वातावरण बनेको उनको भनाई थियो। उनले स्वार्थ समुहले इक्यान फुटाउन खोजेको भन्दै सबै सचेत रहन आग्र गरे।
तीन दिनसम्म चल्ने शैक्षिक मेलामा पेभेलियनसहित ७० वटा स्टल छन्। अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनलल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेशलगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा प्रत्यक्ष सहभागी हुने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए।
एउटै छानामुनी विश्वभरका नाम चलेका प्रतिष्ठित कलेजहरूले दिने शिक्षा, छात्रवृत्ति तथा सम्बन्धित देशको अवस्था, भिसा प्रोसेसलगायतबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए।
शैक्षिक मेलामा विद्यार्थीसहित अभिभावकपनि सहभागी गराउने उद्देश्यले मेला निःशुल्क गरिएको इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले जनाए। उनले मेलामा बढीभन्दा बढी सहभागी गराउने उद्देश्यले पोखराका विभिन्न कलेज पुगेर मौखिक जानकारी गराउनुका साथै पर्चा पम्प्लेटसमेत वितरण गरिएको जनाए।
गण्डकी प्रदेशस्तरीय शैक्षिक मेलाबाट १० लाख संकलन गरेर ८ खर्च गरी २ लाख बचत गर्ने लक्ष्य रहेको इक्यान सचिव रुद्रप्रसाद अर्यालले बताए। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि आयोजना गरिएको र्ँइक्यान शैक्षिक मेला’ शुरु भएको हो। पोखराको सभागृहमा आयोजित उक्त मेला मङ्सिर २८ गतेसम्म जारी रहने आयोजक इक्यान कास्कीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९