पोखरा, २६ मङ्सिर। पाँचौ संस्करणको अन्तराष्ट्रिय माउन्टेन फेस्टीवल बुधबार सम्पन्न भएको छ।
नेपाल पर्बतारोहण संघको आयोजनामा ३ दिनसम्म चलेको माउन्टेन फेस्टीवलको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले समापन गरेका हुन् । गुरुङले कार्यक्रममा बोल्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई आत्मसाथ गर्दै यस महोत्सवले समुदायमा रहेको पहिचानलाई स्थापित गर्न कोसेढुङ्गा सावित भएको उल्लेख गरे ।
नेपालको शीर उँचो गराउने हिमाल सगरमाथा र धार्मिक, साँस्कृतिक विविधताले सम्पन्न नेपाली संस्कृतिले प्रख्यात नेपाली चिनारीको बिकास गर्न सबैलाई आब्हृान गरे ।
एनएमएका अध्यक्ष सन्तबीर लामाले पाँचौ संस्करणको महोत्सवलाई सफल बनाउन नेपालका बिभिन्न शहर र विभिन्न देशबाट आएका स्वदेशी र बिदेशी दर्शकहरुप्रति आभार ब्यक्त गरे । महोत्सवको आगामी संस्करणलाई अझै बृहत् रुपमा लैजाने लामाले प्रतिबद्धता जनाए ।
संघका महासचिव कुलबहादुर गुरुले गण्डकी प्रदेशको राजधानीमा आयोजना गरिएको महोत्सव बृहत रुपमा सफल भएको जिकिर गरे । संपूर्ण सरोकारवालाहरुले निर्वाह गरेको जिम्मेवारी र सहयोगप्रति गुरुङले आभार आभार प्रकट गरे । उनले भने, ‘यस महोत्सवले पर्बतीय क्षेत्रमा काम गर्न एनएमएलाई थप उत्साह थपेको छ ।’
संघका कोषाध्यक्ष सुदर्शन न्यौपाने, एनएमएका प्रमुख कार्यकारी अधिकृत गंगासागर पन्त, महोत्सवका सल्लाहकार कुशल गुरुङ, अन्तराष्ट्रिय पर्बतीय संग्रहालय पोखराका कार्यकारी निर्देशक शंकर गौतम, नविल बैंक गण्डकी प्रदेशका प्रमुख बुद्धि शर्मालगायतले बोलेका थिए ।
महोत्सव अबधिभर विभिन्न प्रस्तुतीहरु राखिएको थियो । जसअन्तरगत एनएमए बैकुण्ठ मानन्धर म्याराथन बिजेता होमलाल श्रेष्ठ, उपविजेता कृष्ण बस्नेत, तृतीय खगेन्द्र भट्ट, र सान्त्वना लक्ष्मण मलाम तथा महिलातर्फ विजेताहरु प्रथम सरिता बासी, द्धितिय रेशु बस्नेत, तृतीय हुमी बुढामगर र सान्त्वनामा सृजना राई र ललिता लामिछानेलाई नगदसहित मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
एनएमए टोनी हेगन पेन्टिङ प्रतिस्पर्धामा मोटिभेसनल बिजेतामा अलिता गुरुङ, र ज्योती गुरुङ, बिशेष बिजेतामा आकाश गुरुङ, रिक गुरुङ र सुदिन श्रेष्ठलगायत एक्सीलेन्ट अवार्डमा जगत पुन, गोपाल दराई, आउटस्टान्डिङ अवार्ड मनोज तामाङले हात पार्न सफल भए।
यस्त,ै छेलो हान्ने प्रतियोगितामा सुदिन गुरुङ प्रथम, राजेश गुरुङ द्धितिय र सुरेन्द्र शाही तृतीय बने। उत्कृष्ट स्टलमा नेपाल टुरिजम होटल म्यानेजमेन्ट कलेज प्रथम, भुम्दीकोट तमु समाज द्धितिय, किराँती साँस्कृतिक खाजा घर तृतीय र पोखरा टेक्नीकल कलेजले सान्त्वना स्थान हासिल गरे। साँस्कृतिक नृत्य एवं झाँकीतर्फ सिङ्दी तमु समाज प्रथम, किराँत सेवा समाज द्धितिय, शेर्पा समुदाय तृतीय एवं चौंरी नृत्य समुहले सान्त्वना पुरस्कार पायो।
नबिल बैंकको मुख्य प्रायोजनमा भएको फेष्टीभलमा बरिष्ठ लोकगायक प्रजापति पराजुली, जीवन दाहाल, राजन कार्की, शिबहरि ढुंगाना, लक्ष्मी नेपालीलगायतले सांगितिक प्रस्तुति राखेको संग्रहालयका बोर्ड सदस्य एवं प्रचार प्रसार संयोजक हरि लामिछानेले जानकारी दिए । अन्तराष्ट्रिय पर्बतिय संग्रहालयका सल्लाहकार हरिध्वज तुलाचनको अध्यक्षतामा समापन कार्यक्रम भएको हो।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९