हेमजा, २६ मङ्सिर ।अन्नपूर्ण गाउँपालिका-३, स्थित काँडे बराह मन्दिर क्षेत्रमा बुधवार पोखरीको शिलान्यास गरिएको छ ।
पोखरीको समाजसेवी समेत रहेको राप्रपाका केन्द्रीय सदस्य स्थानीय कुलबहादुर गुरुङ कुलुले शिलान्यास गरेका हुन । उनले काँडे बराहलाई धामका रूपमा विकास गरिनुपर्नेमा जोड दिर्दै बराहसँग अद्भुत शक्ति गरेको चर्चा पनि गरे ।
समाजसेवी गुरुङले स्थानीयहरूले नजिकको तिर्थलाई हेला गर्न नहुने भन्दै जसले आफ्नो गाउँठाँउलाई माया गर्दछ त्यो नै वास्तविक देशप्रेम भएको पनि औँल्याएका थिए । उनले मन्दिर व्यवस्थापनका लागि रु. एक लाख एक हजार एक सय एघार सहयोग पनि गरेका छन ।
सो अवसरमा भनाई राख्दै मन्दिरका मुख्य पुजारी डिल्लीराम पौडेलले गुरुङ परिवारले मन्दिर व्यवस्थापनमा लागि देखाएको सदासयता प्रशम्सनीय रहेको बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङले सहयोगको सदुपयोग गरिने प्रतिबद्घता जनाएका थिए ।
पोखरीको मन्दिरका मुख्य पुजारी डिल्लीराम पौडेल, पण्डित पुण्यप्रसाद सुवेदी र मोतिलाल पौडेलले विधीपुर्वक पुजा गरी शिलान्यास गरिएको हो । कार्यक्रमबीच मन्दिर व्यवस्थापन समितिका सल्लाहकार केशवकुमार विजुक्छे, कोषाध्यक्ष गुरुदत्त भारती, गोविन्दप्रसाद पौडेल, इन्द्रप्रसाद अधिकारी लगायतले पनि आ-आफ्ना धारणा राखेका थिए ।
चाँडै नै आवश्यक छलफल गरेर पोखरीको आकार निर्धारण गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। व्यवस्थापन समितिका अध्यक्ष गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९