पोखरा, २५ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीएकताले राजनीतिक स्थायित्व दिएको बताएका छन्। वामबीच पार्टीएकताले मुलुक नयाँ चरणमा प्रवेश गरेको उनको दाबी छ ।
‘देश र इतिहासको समीक्षा गर्यौं,’ कास्कीको सिक्लेसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, ‘देशमा राजनीतिक स्थायित्वका लागि पनि पार्टीएकता आवश्यक थियो। पार्टी एकताको विकल्प थिएन। कुनै पनि पार्टीले बहुमत नल्याएमा देशमा अन्यौलता र अस्थिरता कायम रहन्थ्यो। यो संकल्प अरुले गरेर हुँदैन, हामीले गर्नुपर्छ भनेर संकल्पका साथ पार्टीएकता भएको हो। पार्टीएकतासँगै निर्वाचनमा गयौं। देशभर उत्साहका साथ जनताले त्यसलाई अनुमोदन गर्यो।’
उनले पार्टीभत्र कुनै समस्या नरहेको दाबी गर्दै भने, ‘पार्टीएकता हठातमा भएको होइन। यसलाई पूर्णता दिन केही समय लागे पनि पार्टीभत्र कुनै समस्या छैन। अब बस्ने स्थायी समिति बैठकले पार्टीएकीकरणका सबै प्रक्रिया टुंगाउँछ।’
नेकपा अध्यक्ष दाहालले पार्टीएकता र नयाँ सरकार बनेपछि केरुङ-काठमाडौं, काठमाडौं-पोखरा, पोखरा-लुम्बिनी रेल लैजाने कुरा सपना नभई विपना रहेको जिकिर गरे। उनले रेलमार्गको डीपीआर तयार पार्ने कुरा अगाडि बढिसकेको प्रष्ट पारे। उनले नयाँ सरकारले गरेका यी महत्वपूर्ण उपलब्धि नभुल्न आग्रह समेत गरे। साथै उनले सरकारले अपेक्षाकृत सफलता नगरे पनि वर्तमान सरकारको विकल्प नभएको बताए।
Related News
सम्बन्धित समाचार
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
hero news full width
मुख्य समाचार
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९