करापुटारमा धार्मिक महोत्सव

धार्मिक पर्यटनको हव बनाउछौं : मेयर पाण्डे

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७५
karaputar press meet_Fotor

पोखरा, २५ मंसिर । लमजुङको मध्यनेपाल नगरपालिकाले करापुटारमा धार्मिक महोत्सव आयोजना गरेको छ । धार्मिक पर्यटक भित्र्याउने र आर्थिक विकास गर्ने उद्देश्यले फागुन १६ देखि २१ गतेसम्म महोत्सव गर्न लागिएको हो ।

इशानेश्वरको प्रचार गर्दै धार्मिक महत्व बोकेका गन्तब्य प्रवर्द्धनका लागि महोत्सवको तयारी गरिएको नगरपालिकाका मेयर रमेश पाण्डेले बताए । ‘अहिलेको शिक्षाले अन्न र आनन्द केही पनि दिएन । समाज उच्श्रृंखल बन्दै गैरहेको छ,’ उनी भन्छन्, ‘अहिले धर्ममाथि निरन्तर आक्रमण भैरहेको छ । त्यसलाई बचाउन पनि हामीले महोत्सवको अवधारणा ल्याएका हौं ।’

धार्मिक महोत्सवमा धार्मिक गुरुहरुबाट हिन्दू र बौद्ध दर्शन सहितको प्रवचन हुनेछ भने श्रीमद्भागवत् महापुराण, सामूहिक एवं ब्यक्तिगत रुद्री वाचन, ठाडोभाका सहित अन्य सांस्कृतिक कार्यक्रम, धार्मिक गन्तब्यको दर्शन तथा अवलोकन व्यवस्था मिलाइएको उनले बताए । महोत्सवबारे मंगलबार इशानेश्वरमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको हो । महोत्सवमा १ लाखभन्दा बढी दर्शक आउने अपेक्षा छ ।

पाण्डेका अनुसार पर्यटक र पाहुनाका लागि विभिन्न ठाउँमा होमस्टे सञ्चालनको तयारी भैरहेको छ । महोत्सवमा ३ करोड आम्दानी र ६० लाख खर्च गरेर साढे २ करोड रुपैयाँ बचत गर्ने आयोजकको लक्ष्य छ । बचत रकमबाट इशानेश्वर क्षेत्रमा गुरुकुल आश्रम निर्माण, योगाभ्यास र आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्ने नगरपालिकाको योजना छ । ‘पैसा उठाउन मेला गर्न लागेका होइनौं । हामी विकासको भोको छौं । त्यसैले समाजको आर्थिक स्थिति उठाउनका लागि मेलाको अवधारणा अघि सारेका हौं,’ पाण्डेले भने, ‘आवश्यक पूर्वाधार तयार गरेर केही वर्षभित्रै धेरै देशबाट इशानेश्वरमा धार्मिक पर्यटक आउने वातावरण बनाउछौं ।’

इशानेश्वरलाई मुख्य हव बनाएर आसपासमा पर्यटकीय गन्तब्यको प्रचार गरि दीर्घकालीनरुपमा धार्मिक पर्यटन विकास गर्ने उनी बताउँछन् । ‘इशानेश्वरबाट नागभैरवसम्म केवुलकार चलाउछौं । गाउँगाउँमा होमस्टे खुल्छ, पोखराको प्याराग्लाइडिङ करापुटारमा ल्याउने योजना छ,’ पाण्डेले अघि भने, ‘राक्सेकालिका, राजा राजेश्वरी, थानसिं कालिका, बूढा महादेव, जाल्पादेवी, नागभैरव, मालिका, गौरी शंकर, अकलादेवीको प्रचार गरेपछि विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना आएका पर्यटक इशानेश्वर किन आउँदैनन् ? अब नेपाल आएका धार्मिक पर्यटक इशानेश्वर पनि आइपुग्छन् भन्ने विश्वास छ ।’

मेला सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…
  • १३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम

    आदर्श समाज सम्वाददाता माघ १, २०८१
    पोखरा । युनाइटेड क्लब आयोजनामा अमरसिंहचौरमा १३ औं पोखरा महोत्सव जारी छ । गत २५ पुसदेखि सुरु महोत्सवमा बुधबारदेखि विद्यालयस्तरीय…

hero news full width