पोखरा, २५ मंसिर । जनप्रिय बहुमखी क्याम्पसको २७ औं वाषिर्कोत्सव मंगलबार विशेष कार्यक्रम गरी वाषिर्कोत्सव मनाइएको हो ।
वाषिर्कोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले जनप्रिय क्याम्पसले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरे । ‘जनप्रिय पोखराको शैक्षिक क्षेत्रको धरोहर हो । यहाँका विद्यार्थीको बजार निकै राम्रो छ । त्यो हामीले पनि महसुस गरिरहेका छौं,’ उनले भने, ‘क्याम्पसको उचाइ अझै बढोस् र अझै जनप्रिय बनोस्, शुभकामना ।’
क्याम्पसले क्यूएए प्रमाणपत्र प्राप्त गरेपछि चुनौती झनै बढेको भन्दै उनले त्यसलाई स्थायी बनाइराख्न निरन्तर मेहनतमा जोड दिन आग्रह गरे । उनले जर्नल अफ टुरिजम एण्ड एड्भेञ्चरको लोकार्पण समेत गरे ।
क्याम्पस प्रमुख वीरञ्जी गौतमले क्याम्पसभित्रका सबै अभिलेख व्यवस्थित गर्न एकीकृत सफ्टवेयर प्रणाली जडान गरिएको बताए । उनले क्याम्पसमा प्राज्ञिक अनुसन्धानको विषयलाई विशेष जोडका साथ कार्यान्वयन गराउन लागेको जानकारी दिए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पोखरा बहुमुखी क्याम्पसका प्रमुख शिशुकला पराजुली, कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धर, डा स्टेथ सिक्रफ, प्राडा रमेशराज कँुवर, ओम डेभलपमेन्टका कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, सदस्य तारा गिरी, पूर्व क्याम्पस प्रमुख पिताम्बर शर्मा, निवर्तमान अध्यक्ष दामोदर चालिसे, सिनेटर हरिप्रसाद बराल, प्राध्यापक संघका सभापति नारायण पौडेल, पुरस्कार संस्थापक सरोज नारायण बराल, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, कर्मचारी संघकी अध्यक्ष राधादेवी बास्तोला, स्ववियु सभापति आशिक गुरुङ लगायतले बोलेका थिए । सोही अवसरमा प्राध्यापकबाट उपप्राध्यापक राजेन्द्र पौडेल र कर्मचारीबाट सवारी चालक हरिबहादुर विकलाई सम्मान गरिएको थियो । यसैगरी क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा गणेशमान पालिखे स्मृति पुरस्कारको लागि परिवारतर्फबाट श्रीमती गंगादेवी पालिखेले २ लाख ५० हजार रुपैयाँ क्याम्पसलाई हस्तान्तरण गरिन् । यस्तै, लिसाकेली फेमिलीतर्फबाट कमल खनालले पनि १ लाख रुपैयाँको चेक क्याम्पसलाई हस्तान्तरण गरे । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रम देखाएका थिए । क्याम्पस सञ्चालक समिति अध्यक्ष इन्द्रबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चालक समितिकी सदस्य देवका पहारी र संचालन सहायक प्रमुख भेषराज बरालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९