पोखरा, २५ मंसिर । कक्षा ११ को विज्ञान संकायको परीक्षा नतिजा त्रुटीपूर्ण भएको भन्दै कास्कीका विद्यार्थी संगठनले रिलेअनसन जारी राखेका छन् ।
ड्यामसाइडस्थित राष्ट्रिय परीक्षा बोर्डको पोखरा कार्यालय अगाडि उनीहरुले सोमबारदेखि रिले अनसन जारी राखेका हुन् भने एक टोली प्रधानमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाउन मंगलबार काठमाडौं लागेको छ ।
अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतम नेतृत्वमा अनसन शुरु अनसन बोर्डले आफ्नो त्रुटी सच्चाउँदै विद्यार्थीको उत्तरपुस्तिका पुनयोर्गको माग गरिएको छ । रिले अनसन १०/१० जना दरले बसेका छन् ।
बोर्डले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, उत्तरपुस्तिका पुनः जाँच हुनुपर्छ, अनेरास्ववियु कास्की अध्यक्ष गौतमले भने ।
‘कास्कीका विद्यार्थी संगठनको नेतृत्व, पीडित अभिभावक संघका संयोजक, विद्यालय संयोजक समिति, नागरिक अगुवाहरु मिलेर हामीहरु काठमाडौं जाँदैछौं,’ उनले भने, ‘यसबारे प्रमाणसहित बोर्ड प्रमुख, प्रधानमन्त्री र मन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने छौं । माग सम्बोधन नभए पोखरा फर्केर आन्दोलन चर्काउनेछौं ।’
अनसनमा अनेरास्ववियुतर्फबाट गौतमसहित, नेवि संघबाट भानु ढकाल, अखिल क्रान्तिकारीका कृष्ण दाहाल, अखिल छैटौका दानु सारुमगर, नयाँ शक्ति विद्यार्थी संगठनका रेशम सापकोटा, अखिल क्रान्तिकारी विप्लवका मिलन राईले नेतृत्व गरेका छन् ।
कक्षा ११ को विज्ञान संकायअन्तर्गत गणित, फिजिक्स र केमेष्ट्री विषयको परीक्षाको उत्तरपुस्तिका जाँच र नतिजा प्रकाशनमा बोर्डले गम्भीर त्रुटी गर्दा विद्यार्थीको भविष्यमाथि ठेस लाग्न पुगेको छ । सोबाट
३ हजार १ सय ७० जना नियमिततर्फ र करिब १ हजार जना आंशिकतर्फ प्रभावित छन् ।
नतिजा प्रकाशनपछि २ हजार ७ सय ६८ विषयको पुनयोर्ग गर्दा १ सय ३२ वटा विषयको मात्र सामान्य हेरफेर भएर आएको थियो । पुनयोर्गमा समेत बोर्डको लापरबाही भएको भन्दै विद्यार्थी असन्तुष्ट छन् ।
हिसान कास्कीका पूर्व अध्यक्ष बाबुराम पन्तले सबै विद्यार्थीको अंक डी र इ ग्रेडमात्र आउनै सक्दैन, बोर्डले उत्तरपुस्तिका नै नजाँची नतिजा प्रकाशन गरेको छ । यसमा गम्भीर लापरबाही छ ।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९