पोखरा २५ मंसिर।स्याङ्जा जिल्लाको फेदीखोला वडा १, मट्टीखानस्थित चण्डीडाँडा माविमा मंगलबार सहयोगदातालाई सम्मान गरिएको छ।
विद्यालयको ६० औँ वर्षको हिरक महोत्सव-२०७५ विशेष सन्दर्भ पारेर उक्त सम्मान गरिएको हो।
यसरी सम्मानित हुनेमा तुलबहादुर गुरुङ तथा आशकुमारी गुरुङ, विष्णुप्रसाद पोखरेल, सनबहादुर थापा र क्या. बलबहादुर गुरुङ रहेका छन्। उनीहरुबाट क्रमशः तीन लाख ३० हजार, एक लाख पाँच हजार पाँच सय ५५, एक लाख एक हजार एक सय ११ र एक लाख पाँच रुपैयाँ सहयोग प्राप्त भएको थियो।
यसैगरी, भीमबहादुर बिकबाट ३० हजार तीन सय १५ र गंगाबहादुर क्षेत्रीबाट पाँच हजार एक गरी कुल छ लाख ४२ हजार दुर्इ सय ८७ रुपैयाँ प्राप्त भएको थियो।
त्यस अवसरमा सहयोगीदातालाई फूलमाला, खादा र टीका लगाएर सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् शिक्षाप्रेमी अभिभावक विष्णुप्रसाद पोखरेल, सम्मान कार्यक्रमका अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरकाजी गुरुङ, प्रधानाध्यापक बालकृष्ण बरालले संयुक्त रुपमा सम्मान गरेका थिए।
२०१५ सालमा स्थापना भएको उक्त माविको हिरक महोसत्व कार्यक्रम त्रिदिवसीय रुपमा आगामी माघ ६, ७ र ८ गते मनाइने विद्यालयले जनाएको छ।
हाल ३ सय ५० विद्यार्थी र २० जना शिक्षक कर्मचारी रहेको सो विद्यालयको कक्षा ११ र १२ मा शिक्षा तथा व्यवस्थापन विषयको पढाइ भइरहेको छ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९