पोखरा, २५ मंसिर। तारकाङ-पोखरा सर्म्पर्क समाजको आयोजनामा परिचयात्मक कार्यक्रम भएको छ।
मादी-३ र ४ का राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, विद्यालय, टोल विकास संस्था, युवा क्लब, सहकारी, आमा समूह, स्थानीयबीच परिचयात्मक कार्यक्रम भएको हो।
वडा ४ का वडाध्यक्ष सत्यराज सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १०२ वर्षीय बामदेव सापकोटा, नेकपा वडा ४ संयोजक पुण्यप्रसाद सापकोटा, ध्रुव मावि व्यवस्थापन समिति अध्यक्ष बुद्धिसागर सापकोटा, ध्रुव मावि प्रअ शुक्रराज सापकोटा, सीताराम माविका प्रअ रुद्र सापकोटा, तारकाङ कृषि सहकारी संस्थाका तेजप्रसाद सापकोटा, हाम्रो सहयोगी संस्था पोखराका अध्यक्ष शिव सापकोटा, तारकाङ-पोखरा सर्म्पर्क समाजका अध्यक्ष नारायण सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सर्म्पर्क समाजका सहसचिव शरद सापकोटाले समाजको क्यालेण्डर प्रकाशन गरिने जानकारी दिए।
यस्तै, समाजका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक घननाथ सापकोटाले कार्यक्रम उद्देश्यबारे प्रकाश पारेका थिए।
सर्म्पर्क समाजका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गौरी सापकोटाले स्वागत र सचिव नेत्र तिमिल्सिनाले गरेका थिए।
गाउँ र सर्म्पर्क समाजबीच समन्वय गराउन गठित उपसमितिको संयोजकमा सिर्द्धार्थ सापकोटा चयन भएका छन्।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९