सफल एक्स्पो पोखरा समापन

टिकट ७४८ लाई स्कूटर

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
expo

पोखरा, २४ मंसिर। पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको

पोखरा नयाँबजारमा १२ दिनसम्म चलेको सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला-२०७५ सोमबार समापन भएको छ।

प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले मेला समापन समारोहमा बोल्दै आर्थिक चलायमान बनाउन मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए। गण्डकी प्रदेशको राजधानी पोखरा भएको कारणले पनि यहाँ आयोजित मेलाले विशेष महत्व राखेको बताउँदै व्यावसायिक सुदृढीकरणका लागि वाणिज्य संघले यस किसिमका मेलालाई निरन्तरता दिन आग्रह गरे।

प्रदेश सांसद विन्दुकुमार थापाले निजी क्षेत्रसँगको सहकार्यमा मात्रै प्रदेशले समृद्धि हासिल गर्न सम्भव भएको बताए। आयोजक पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका थापाले वाणिज्य संघको विगत लामो दशकदेखिको शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, भौतिक पूर्वाधार निर्माण प्रक्रियाको अगुवाइले पछिल्ला दिनहरुमा सार्थकता पाइरहेको सुनाए।

आयोजक संघका अध्यक्ष दामु अधिकारीले मेला मार्फत उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्ने उद्देश्यले आयोजित मेला सोही अनुरुप लक्ष्य प्राप्त गर्न सफल भएको बताए। ‘पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा मेलाले सघाउ पुर्‍याएको छ,’ उनले भने, ‘पोखराको  पर्यटकीय सम्भावना उजागर गर्ने यसको मूल उद्देश्यमा समेत मेला अर्थपूर्ण सावित भएको छ।’ एक्स्पो सम्पूर्ण रुपमा सफल बनाउन सरकारी सेवाप्रदायक निकाय सहित सामाजिक संघसंस्थाको सहयोग प्रशंसनीय रहेको उनले सुनाए।

संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठले सफल एक्स्पो परिष्कृत स्वरुप भएता पनि संघले आफूले विगतमा आयोजना गर्दै आएको कार्यक्रमको अपनत्व विकास गर्न र त्यसको सार्थकता कायम राख्नतर्फ सचेत रहनुपर्ने भन्दै ध्यानाकर्षण गराए।

त्यस्तै, मेला समापन समारोहमा बम्पर उपहार समेत खोलिएको छ। बम्पर उपहार हिरोको ड्यू स्कुटर टिकट नम्बर ७४८ लाई परेको महासचिव अर्जुन पोखरेलले जानकारी दिए। मात्र ४० रुपैयाँको टिकटमा सो उपहार पर्न सफल भाग्यशाली विजेताले टिकटको अर्धकट्टी सहित १५ दिनभित्र संघको सचिवालयमा सर्म्पर्क गर्न सूचित गरिएको छ।

दैनिक टिकटअन्तर्गत २३ गते अवलोकन गर्ने टिकट नम्बर १८०५० को दर्शकलाई १५० लिटरको एलजि रेफ्रिजेरेटर, त्यस्तै २४ गतेको टिकट १९२४९ लाई यूरोगार्ड परेको छ। उक्त पुरस्कार दाबी गर्न अर्धकट्टीसहित ३ भित्र सचिवालयमा सर्म्पर्क गर्नुपर्नेछ ।

मेला अवधिभर सञ्चालन भएका विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत रत्यौली प्रतियोगितामा विजेतालाई पुरस्कार वितरण गरिएको छ। प्रतियोगितामा नमूना आमा समूह हेम्जा प्रथम स्थान हासिल गर्न सफल भई ३० हजार र प्रमाण पत्र प्राप्त गरेको छ।

आर्वा विजय दिदी बहिनी समूह दोस्रो हुँदै २० हजार पायो। तृतीय र सान्त्वना क्रमशः महिला मिलन आमा समूह नदीपुर र नमूना कृषि समूह लेखनाथले प्राप्त गरे । उनीहरुले क्रमशः १० हजार र ५ हजार पाए ।

दोहोरीगीत प्रतियोगितामा हाम्रो दोहोरी साँझ पृथ्वीचोकले प्रथम स्थान प्राप्त गर्न सफल बन्यो। उसले ५१ हजार पायो ।

द्वितीय, तृतीय र सान्त्वना क्रमशः दोहोरी गीत प्रतिष्ठान स्याङ्जा, प्रतिष्ठान बागलुङ, सुमन केसी समूह हुँदै ३१ हजार, २१ हजार र ११ हजार रुपैयाँ पाए । मेला अवधिभर विभिन्न स्टल स्थापना गरी बिक्री एवं प्रदर्शनी गरेका ८ स्टललाई पुरस्कृत गरिएको थियो।

यसैबीच, संघले थप संस्करणको सफल एक्स्पो पोखरा २०७६ मंसिर १८ देखि २८ गतेसम्म सञ्चालन गर्ने तय गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग