पोखरा, २४ मंसिर। वेगनासतालमा आयोजित श्रीमद्भागवत विराट महायज्ञमा भक्तजनको ओइरो लागेपछि आयोजक समिति उत्साहित भएको छ।
खुसी व्यक्त गर्दै महासचिव धु्रवनाथ अधिकारीले महायज्ञमा सोमवार जनजातिहरुको उल्लेखनीय सहभागिता रहेको बताए। यज्ञमा सोमवारसम्म १८ लाख दान संकलन भएको कोषाध्यक्ष गंगाराम सुवेदीले जानकारी दिएका छन्।
समाजसेवी विष्णुप्रसाद तिवारीबाट एकलाख २५ हजार एक सय २५, वेगनासताल डुङ्गा व्यवसायी समितिबाट एक लाख १० हजार, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष डिल्लीरमण तिवारीबाट ५५ हजार पाँच सय ५५, सहनशील आमा समूहबाट ५५ हजार पाँच सय ५५ दान भएको छ।
यस्तै, पोखरा इन्टरनेट तालचोकबाट २५ हजार ५ सय ५५, तिवारी आत्मन्नेतिबाट २५ हजार १ सय २५, इन्द्रकुमारी रानाभाटले तुलादानबाट १९ हजार ५ सय, हिमलाल पुन पोखरा रामबजारबाट १६ हजार, मनहरि जिसीबाट १० हजार १ सय ५५, त्रिकाङ टोल विकास संस्थाबाट १० हजार १ सय ११, जागृति टोल बूढीबजारबाट ७ हजार १ सय, चेतनशील पुन समाज ढुंगेपाटनबाट ७ हजार ५५, पूर्णबहादुर बरालबाट ६ हजार ५ सय ५५ दान प्राप्त भएको छ।
महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतमबाट संगीतमय प्रस्तुतिका साथ प्रवचन भइरहेको छ भने कथा प्रसङ्ग अनुसार कलाकारले अभिनय गर्दै आइरहेका छन्।
यही मंसिर २२ बाट शुरु भएको महायज्ञ २९ गतेसम्म सञ्चालन हुनेछ।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९