पोखरा, २४ मंसिर । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा शाखा विस्तार गरेको छ ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले शाखा उद्घाटन गर्दै बैंक ग्रामीण क्षेत्रका जनताको सहयोगी बन्न सकोस् भनी शुभकामना दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका उपनिर्देशक नारायणप्रसाद पोख्रेल, कोहलपुर-११ का वडाध्यक्ष कर्णबहादुर थापा र उद्योग वाणिज्य संघ कोहलपुर अध्यक्ष चक्र अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरे ।
बैंक सञ्चालक कृष्णबहादुर थापा क्षत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले प्रदान गर्ने सेवासुविधा एवं बैंक गतिविधिबारे जानकारी गराए ।
बैंकले केन्द्रीय कार्यालयसहित विभिन्न ७७ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजना साथमा एबीबीएस, एटिएम, सी-आस्वा, आइपीएस, मोवाइल बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधानकार्यालय लगायत केही शाखाबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै अएको छ । साथै न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जनाए ।
बैंकले चालु आवको प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ भने सो अवधिसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा २१ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । बैंकको निष्कृय कर्जा मात्रा न्यून छ ।
Related News
सम्बन्धित समाचार
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९