पोखरा, २४ मंसिर। पोखरा-१, गाईघाटस्थित सुखवती बौद्धगुम्वा परिसरमा ट्रससहित शवदाहस्थल निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिका-७ घर भै हाल पोखरा-१, लामपाटनमार्ग बस्ने क्या. धर्मसिंह गुरुङले निर्माणमा सहयोग गरेका हुन्। आफ्ना बाबुआमा रनबहादुर र होला गुरुङ तथा सम्पूर्ण पितृको स्मृतिमा निर्मित शवदाहस्थल विहीवार उद्घाटन गर्दै उनले २२ वर्षअघि विभिन्न व्यक्तिसँग ५/१० रुपैयाँ सहयोग संकलन गरी निर्माण शुरु गरेको स्मरण गरे।
टोलछिमेकको विकासमा स्थानीय एकजुट भएर अघि बढे जस्तोसुकै समस्या सजिलै समाधान गर्न सकिने उनले बताए । सुखवती बौद्धगुम्बा समिति सचिव माया गुरुङका अनुसार निर्माण गरिएको शवदाहस्थलमा १ लाख ९० हजार र ट्रस तथा गारो लगाउँदा २ लाख ७५ हजार गरी कुल ४ लाख ६५ हजार रुपैयाँ खर्च भएको बताइन् । निर्माणमा लागेको सम्पूर्ण खर्च क्या. धर्मसिंह गुरुङबाट सहयोग प्राप्त भएको उनले बताइन्। क्या. गुरुङले यो बाहेक गुम्बाको अन्य भौतिक निर्माणमा समेत ५ पाँच लाख रुपैयाँ बराबर सहयोग गरेको उनले बताइन् ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९