पोखरा गण्डकी स्टेटको फेलोसीप

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
MIRSA

पोखरा, २४ मंसिर । लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटको प्रथम फेलोसिप कार्यक्रम पर्यटकीय गाउँ मिसा सम्पन्न भएको छ ।

लायनहरुबीच आपसी भाइचारा विकास गर्ने उद्देश्यले २ दिनसम्म चलेको फेलोसीप अवसरमा क्लबले माछापुच्छे्र गाउँपालिका निवासी स्थानीय १०१ वर्षीया बसुना गुरुङलाई सम्मान र स्थानीय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

यस्तै, क्लबले पूर्व राष्ट्रिय भलिबल खेलाडी एवं क्लबका ज्येष्ठ सदस्य देवी सुवेदी र क्लबका को-अर्डिनेटरका रुपमा हरिशचन्द्र शर्मालाई सम्मान गरेको फेलोसीप कार्यक्रम संयोजक भविन्द्र गुरुङले जनाए ।

सो अवसरमा डोरी नाध्ने, बेलुन फुटाउने, पानी भर्ने खेल संचालन गरिएको थियो। डोरी नाध्नेमा रामजी सुनार, पानी भर्नेमा भविन्द्र गुरुङ, बेलुन फुटाउने खेलमा मिलन पौडेल प्रथम हुँदै पुरस्कार जिते। कार्यक्रममा मिसाआमा समूहले स्वागत गर्नुका साथै समूह सचिव मीरु गुरुङको संयोजनमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

क्लबका संस्थापक अध्यक्ष अमृत बरालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका वडा १ सदस्य सूर्य गुरुङ, एमजेएफ लायन नेत्र ज्ञवाली, आमा समूह अध्यक्ष वनसुवा गुरुङ लगायत बोलेका थिए ।

कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष शिव गौतमले स्वागत र सचिव रमाकान्त गौतमले संचालन गरेका थिए।

फेलोसीपमा क्लबका २७ जना सदस्यको सहभागिता रहेको संस्थापक अध्यक्ष बरालले बताए।

Related News

सम्बन्धित समाचार

  • दुर्गा मन्दिरमा अक्षरयात्रा

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । अक्षरयात्राको १९७ औं कार्यक्रम स्रष्टा समाज पुम्दीभुम्दीको स्थानीय व्यवस्थापनमा पोखराको छोरेपाटन र पुम्दीभुम्दीको सीमानामा पर्ने धार्मिकस्थल दुर्गा मन्दिरमा…
  • आलु महोत्सव लक्षित सरसफाइ

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    हेमजा । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकिँदा हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णुपादुका क्लबको आयोजनामा…
  • सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या…
  • पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड विस्तारका क्रममा कोत्रेदेखि विजयपुरसम्मका विभिन्न खानेपानी आयोजनाका पाइपलाइनमा हुने क्षतिको मूल्यांकनका लागि अनुगमन समिति…
  • लापरवाहीले बढ्यो सडक दुर्घटना

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०७९
    लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको…

hero news full width