पोखरा, २३ मङ्सिर।वेगनास तालमा आयोजित विराट ज्ञान महायज्ञको दोस्रो दिन आइतवार सम्म १२ लाख रुपैयाँ दान संकलन भएको छ।
महायज्ञमा हालसम्म सर्वाधिक समाजसेवी गमबहादुर गुरुङ र तिलकुमारी गुरुङबाट दुर्इ लाख पाँच सय ५५ दान प्राप्त भएको छ। अघिल्लो दिन एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ दान गरेका गुरुङले त्यसको लगत्तै सोमवार थप एक लाख रुपैयाँ प्रदान गरेका हुन्।
यसैगरी, महायज्ञमा मूल आयोजक समितिका उपाध्यक्ष तथा वेगनाथ युवा क्लबका अध्यक्ष राम रानाभाट, महासचिव धु्रवनाथ अधिकारी, कोषाध्यक्ष गंगाराम सुवेदी र पण्डित भोलानाथ गौतमबाट जनही ५५ हजार पाँच सय ५५ दान प्राप्त भएको प्रचारप्रसार संयोजक मोति गिरीले जानकारी दिए।
यसैगरी यज्ञकर्ता बाबुराम रानाभाट, मोहोरियाबाट ५५ हजार पाँच सय, मेघबहादुर पुन ढुंगेपाटनबाट ५१ हजार पाँच सय ५५ र मूलकर्ता शाल्रि्राम/केदारनाथ लामिछानेबाट ५१ हजार एक सय पाँच रुपैयाँ दान भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष गंगाराम सुवेदीले बताए।
श्रीमद्भागवत् कथा वाचनका क्रममा प्रमुख वाचक भागवत भाष्कर पं. कमलनयन गौतमले जमिन, सम्पत्ति र बोली झगडाका तीन मुख्य कारक भएको बताउँदै त्यसलाई सन्तुलन मिलाउन सक्नु पर्ने बताए। साथै उनले द्रौपतीले दूयोर्धनलाई दुर्वाच्य बोलेका कारण महाभारत युद्धको बीऊ रोपिएको उल्लेख गरे।
“विभिन्न वर्ग, जाति, संस्कृतिलाई जोड्ने कुरा केही छ भने त्यो धर्म नै हो” पण्डित गौतमले भने-वेद, पुराण र भागवतले समाजलाई सत्मार्गतिर लैजान्छ।
राष्ट्रिय परोपकार महासंघको अग्रसरता तथा स्थानीय विभिन्न संस्थाको सहकार्यमा मंसिर २२ गते शुरु भएको विराट ज्ञान महायज्ञ २९ गतेसम्म सञ्चालन हुने छ।
वेगनासतालको संरक्षण सर्म्वर्द्धन तथा सो तालमा डुबेर अकालमा जीवन गुमाएका आत्माको उद्धारका लागि महायज्ञको आयोजना गरिएको महासचिव ध्रुवनाथ अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९