लेखनाथ,२३ मंसिर ।आधारभुत तहसम्मको शिक्षा अनिवार्य गर्ने ब्यवस्थाअनुसार पोखरा महानगरपालिकाको २६ नं. वडालाई विद्यालयको (५-१२ वर्ष) उमेर समुहका वालबालिका भर्ना भएको सुनिश्चित वडा घोषणा गरिएको छ ।
आइतबार एक कार्यक्रमकाबीच वडालाई सुनिश्चित वडा घोषणा गर्दै पोखरा महानगरपालीकाका मेयर मानबहादुर जिसीले घोषणा कार्यक्रमले वडा शिक्षित वडा भएको प्रमाणित हुने र शिक्षाले नै आजका बालबालिका भोलीका असल नागरिक हुने वताए ।
मेयर जिसीले शिक्षा पाउने बालबालिकाको अधिकारलाई आधारभुत अधिकारको रुपमा नयाँ संविधानमा उल्लेख गरिएको र त्यसलाई अबका दिनमा कार्यान्वयन गर्न महानगर प्रतिवद्ध रहेको बताए ।विद्यालय बाहिर रहेका ६ जना विद्यार्थीहरुलाई वडा भित्रका विभिन्न विद्यालयहरुमा भर्ना गरेपछि वडालाई विद्यालय उमेर समुह -५-१२ वर्ष) उमेर समुहका वालबालिका भर्ना भएको सुनिश्चित वडा घोषणा गरिएको हो।
कार्यक्रममा विद्यालय निरीक्षक विश्वराज आचार्यले भर्ना गरिएका विद्यार्थीहरुलाई पर्ढाईमा निरन्तरता दिनको लागि रमाईलोसँग सिकाउने वातावरणको श्रृजना गर्नुपर्ने र जिल्ला शिक्षा कार्यालयको तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भण्डारढिक श्रोत केन्द्रका श्रोतव्यक्ति विष्णुप्रसाद तिवारीले वडाभित्रका विद्यालयहरुको शैक्षिक झलक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यलय व्यवस्थापन समितिका अध्यक्ष रंगनाथ तिमील्सीना, पोखरा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, सामुदायिक विद्यालयहरुको तर्फबाट नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष उमेश भट्टराई, संस्थागत विद्यालयहरुको तर्फबाट न्यू एरा एकेडेमीका प्रिन्सिपल वेदप्रसाद वस्ताकोटीलगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाभित्रका सामुदायिक र संस्थागत गरी १२ वटा विद्यालयको सहभागिता थियो । पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नारायणप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामज्योति माविका प्रधानाध्यापक गुमानाथ लामिछानेले स्वागत गरेका थिए । भण्डारढिक श्रोत केन्द्रका श्रोतव्यक्ति विष्णुप्रसाद तिवारीले कार्यक्रम संचालन गरेका थिए । सोही अवसरमा पोखरा महानगरपालिकाबाट प्रकाशित र स्रोत ब्यक्ति हेमराज आचार्यद्धारा संपादित स्थानीय परिबेश, धर्म सस्कृति, प्रकृति, धार्मीक तथा ऐतिहासिक स्थान र जीवनपद्धतिमा आधारित पुस्तकको समेत प्रमुख जिसीले विमोचन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९