प्रभात आर्टसद्वारा सिसी क्यामेरा प्रदान

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५
CC Camera News photo

पोखरा, २३ मंसिर। प्रभात आर्टस् पोखराको २२ औं स्थापना दिवस अवसरमा तनहुँको भिमाद-२ स्थित बाल विकास माविमा सिसी क्यामेरा प्रदान गरिएको छ ।

आर्टस्का सञ्चालक तीर्थराज सुवेदीले बाबुआमाको नाउँमा स्थापना गरेको भक्तिकुष्मा फाउण्डेसन मार्फत सो सहयोग गरेका हुन् ।

लायन्स क्लब अफ पोखरा पिस सिटी र प्रतिष्ठानका संस्थापक तीर्थराज सुवेदी तथा परिवार भक्तिप्रसाद सुवेदी, कुष्मा देवी सुवेदी र शंकर सुवेदीले विद्यालयलाई सो क्यामरा हस्तान्तरण गरे।

सञ्चालक सुवेदीले विद्यालयको सुरक्षार्थ विभिन्न क्रियाकलापलाई सिसी क्यामेरामार्फत नियन्त्रण हुने आफूले विश्वास लिएको बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष इमानसिं थापाले विद्यालयको विकासका लागि गरिएको सहयोग सधैँ अनुकरणीय रहने बताए।

कार्यक्रममा लायन्स पिस सिटी, कम्प्युटर एशोसिएसन महासंघ कास्की, किहुँ अरुणोदय मिलन समाज पोखरा, नेपाल अर्बुद्ध रोग निवारण संस्था कास्कीले सहजीकरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width