आफैबाट मानवअधिकार शुरु गरौं : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५
Manav Adhikar Day_Fotor

पोखरा, २३  मंसिर । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिले आफैबाट मानवअधिकार शुरु गर्न आग्रह गरेका छन् । व्यवहारिक रुपमा घरपरिवार र समाजबाट मानवअधिकार शुरुवात गर्न उनको आग्रह छ ।

७० औं विश्व मानवअधिकार दिवस सन्दर्भमा गण्डकी प्रदेश महाभेला अवसरमा पोखरामा आयोजित रक्तदान कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले पारदर्शी, समावेशी र लोकतान्त्रिक ढंगले विधि प्रक्रियाबाट अगाडि बढे समाजमा मानवअधिकार उल्लंघनका घटना कम हुने उल्लेख गरे ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकार मानवअधिकारको प्रत्याभूत गर्न, संविधानमा उल्लेख गरेको अधिकारको व्यवहारिक रुपमै कार्यान्वयन गर्ने सवालमा प्रतिबद्ध रहेको बताए । कानूनको निर्माण र संरचनाको स्थापनाक्रममा रहेको हुँदा आफैले प्रतिबद्धता गरे जस्तो काम गर्न नसकेको गुरुङको भनाइ थियो ।

‘मानवअधिकार, मौलिक अधिकारलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्न र नागरिकलाई प्रत्याभूत गराउन भनेर लागिरहँदा कहिलेकाँही समस्या आउन सक्छ,’ उनले भने, ‘त्यसलाई समेत सम्बोधन हुने गरी प्रदेश सरकारले काम गर्दैछ ।’

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश निर्देशक दीपकजंगध्वज कार्कीले मानवअधिकारको संरक्षण र प्रबर्द्धनमा आयोग लागिपरिरहेको बताउँदै प्रदेश सरकार र सरोकारवालाबीच उत्तिकै भूमिका रहेको धारणा राखे ।

महिला मानवअधिकार रक्षक सञ्जाल अध्यक्ष जानकी शर्माले शासन व्यवस्था फेरिए पनि व्यवहारिक रुपमा जनताले व्यवस्था फेरिएको अनुभव गर्न नपाएको बताइन् ।

अधिवक्ता सरलाकुमारी पाण्डेले अझै पनि मानवअधिकार प्रत्याभूत हुने अवस्था नरहेको गुनासो गरिन् ।

कार्यक्रममा अध्यक्षको आसनबाट शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका अध्यक्ष विष्णुप्रसाद बरालले मानवअधिकारमैत्री समाज निर्माण गर्न सबैको सकरात्मक प्रयास आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए। महाभेलाअन्तर्गत आइतबार मानवअधिकार रक्षक दिवसका दिन अन्तक्रिर्या र सोमबार मानवअधिकारचोकबाट सभागृहसम्म प्रभातफेरी निकालिने भएको छ ।

लैगिंक हिंसाविरुद्ध १६ दिने अभियानको समापन र मानवअधिकार दिवस सन्दर्भमा गण्डकी प्रदेशमा मानवअधिकारको अवस्थाबारे प्रस्तुतिसँगै प्रतिबद्धता तथा मानवअधिकार रक्षकलाई सम्मान गरिने इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अन्तरबटालियन भलिबल

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०७९
    पोखरा । भारतीय पेन्सन वितरण कार्यालय पोखरामा बुधबारदेखि अन्तरबटालियन भूपू भलिबल प्रतियोगिता सुरु भएको छ । कार्यालयका प्रमुख लेफ्टिनेन्ट कर्णेल…
  • पाल्पा चिनाउने पाल्पा हाउस

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०७९
    पोखरा । ढाका र करुवा पाल्पाका खास चिनारी हुन् । तर यसको खास बजारीकरण हुन सकेको छैन । पोखरामा बसोबास…
  • पोखरामा खुल्यो होटल पौवा

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०७९
    पोखरा । होटल पौवा प्रालिले पोखराको लेकसाइडमा होटल पौवाको ११ औं शाखा बिस्तार गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’…
  • वात्स्यायन वृद्धाश्रम अध्यक्षमा ललितबहादुर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०७९
    पोखरा । पोखरा महानगरपालिका १४ मा रहेको वात्स्यायन वृद्धाश्रमको अध्यक्षमा ललितबहादुर बानिया चयन भएका छन् । बुधबार भएको छैटौं साधारण…
  • पाटाको शिखर सम्मेलन पोखरामा

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०७९
    पोखरा । नेपालमै पहिलो पटक पोखरामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन हुने भएको छ । समग्र…

hero news full width