पोखरा, २३ मंसिर।कवि महन्त लक्ष्मीशरण उपाध्यायको सम्मान गरिएको छ।
हेमजा साहित्य प्रतिष्ठान र मुकुन्दशरण वाङ्मय परिषद्द्वारा आयोजित सम्मान समारोहका बीन कवि महन्तको सम्मान गरिएको हो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल र परिषद्का अध्यक्ष डा नारायणप्रसाद अधिकारीले सम्मानपत्र, दोसल्ला ओढाएर सम्मान अर्पण गरेका थिए।
डा नारायण अधिकारीले उपाध्यायको कवित्व र श्रीमद्भागवत कथा वाचनको सन्दर्भलाई स्मरण गर्दै आफनै जन्मभूमिमा आफ्नो सिर्जना र साधनाकर्मको चिरस्मरण गर्दै सम्मान गर्नु आफैमा स्तुत्य कार्य रहेको बताए।
प्राज्ञ मुकुन्दशरण उपाध्यायले काठमाडौंबाट दूरभाषमा सम्मान समारोहलाई सम्बोधन गर्दै नेपाली कविता साहित्य र हेमजाली साहित्यको गरिमा बढाउनका लागि कवि महन्त लक्ष्मीशरणको योगदान अतुलनीय रहेको बताए।
कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै मुकुन्दशरण वाङ्मय परिषद्का उपाध्यक्ष देवकृष्ण काफ्लेले महन्त लक्ष्मीशरण उपाध्यायले दिएको योगदानलाई स्मरण गरेर अगाडि बढ्न सकेमा जीवन सार्थक हुने बताए।
स्रष्टा परिचय राख्दै हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीले कवि महन्तका साहित्य, शिक्षा र समाजसेवाका बहुआयामलाई प्रस्तुत गरेका थिए।
सम्मान समारोहमा प्रतिष्ठानका संस्थापक जनार्दनशरण त्रिपाठी, सल्लाहकार डा बलराम उपाध्याय रेग्मी, सूर्य खड्का बिखर्ची, परिषद्का महासचिव डा. बाबुराम अधिकारी साहित्यकार तथा समाजसेवी गोविन्द पराजुली, शिव त्रिपाठी, विष्णुप्रसाद पराजुली, यदुनन्दन पौडेल, रमा त्रिपाठी, कृष्णप्रसाद त्रिपाठी, प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेल, सचिव वसन्त बास्तोला चिन्तितलगायतले कवि लक्ष्मीशरणको जीवनी, व्यक्तित्व र कृतित्वको स्मरण गर्दै मन्तव्य र सिर्जना प्रस्तुत गरेका थिए।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९