पोखरा, २२ मंसिर। सृजना विकास केन्द्र, पोखराको अध्यक्षमा मीनप्रसाद भट्टराई निर्वाचित भएका छन्।
संस्थाको शनिबार सम्पन्न चुनावमा अध्यक्षका प्रत्यासी शान्ति शर्मालाई पराजित गर्दै भट्टराई आगामी कार्यकालका लागि निर्वाचित भएका हुन् ।
कार्यसमिति प्रथम उपाध्यक्ष पत्रकार इन्द्रप्रसाद पौडेल, द्वितीय उपाध्यक्ष पार्वती उपाध्याय बराल, महासचिव राधिका रेग्मी, सचिव चन्द्र गिरी र कोषाध्यक्ष कमलादेवी गिरी सर्वसम्मत निर्वाचित भए ।
सदस्यमा तुलसीप्रसाद बराल र पवित्रा पौडेल केसी चयन भएको निर्वाचन संयोजक राजकुमार गिरीले जानकारी दिए। रिक्त २ सदस्य पछि मनोनीत गर्ने बताइएको छ। निर्वाचन समिति सदस्यमा पूर्व अध्यक्ष एवं सल्लाहकार तारा गिरी, कानूनी सल्लाहकार एकनारायण अर्याल थिए।
अध्यक्ष निर्वाचित भएपछि भट्टराईले संस्थाको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। सम्पूण्ा सदस्य तथा स्थानीय अभिभावक समेटेर आफू अगाडि बढ्ने उनले बताए।
कार्यक्रममा पोखरा ८ का वडाध्यक्षसमेत रहेका संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार रुद्रनाथ बराल, निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार तारा गिरी, निर्वार्चन कमिटी संयोजक राजकुमार गिरी लगायत बोलेका थिए।
संस्थाको ४१ औं साधारणसभा तथा २० औं अधिवेशन गत शनिबार उद्घाटन भएको थियो । पोखराको सिमलचौरस्थित सिर्जना विकास केन्द्रको स्थापना २०३७ सालमा भएको हो ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९