पोखरा, २२ मंसिर । मादी गाउँपालिका वडा १० र ११ को चुलीमा प्रसिद्ध लम्तरी देवी मन्दिरको निर्माण हुने भएको छ ।
मन्दिर निर्माण व्यवस्थापन समितिले आधुनिक मन्दिर, तारबारसहितको कम्पाउण्ड, विश्रामस्थल, शौचालय र भान्सा घर एकैपटक निर्माण गर्ने योजना ल्याएको हो ।
मन्दिर निर्माणका लागि समितिसहित नादा समाज पोखरा, नादा समाज युके र नादा समाज हङकङलगायत संघसंस्था सक्रिय छन् ।
मन्दिर निर्माणका लागि ६३ लाख ९८ हजार रुपैयाँ संकलन भइसकेको मन्दिर निर्माण व्यवस्थापन समिति अध्यक्ष इश्वरबहादुर गुरुङले जनाए ।
संकलित रकममध्ये नादा समाज पोखराले २० लाख ३३ हजार, नादा समाज युकेले २१ लाख ९४ हजार र नादा समाज हङकङले २१ लाख ७१ हजार रुपैयाँ सहयोग गरेका हुन् । संकलित रकमको चेक शनिबार मन्दिर निर्माण व्यवस्थापन समितिलाई प्रदान गरेको छ ।
नादा समाज पोखराका अध्यक्ष आसपुर गुरुङ, नादा समाज युकेका संस्थापक अध्यक्ष उत्तरबहादुर गुरुङ र नादा समाज हङकङका अध्यक्ष लालप्रसाद गुरुङले निर्माण समिति अध्यक्ष इश्वरबहादुर गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् ।
निर्माण समिति सचिव कृष्णबहादुर गुरुङले प्रतिवेदन प्रस्तुत गर्दै संकलित रकममध्ये मन्दिर निर्माणको पूर्वाधारमा करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च भइसकेको जनाए । उनका अनुसार संकलित रकमबाहेक मादी गाउँपालिकाले शौचालय निर्माणका लागि ५ लाख र भान्साकोठा निर्माणका लागि ३ लाख गरी कुल ८ लाख बिनियोजन गरेको छ ।
कार्यक्रममा नादा समाज पोखराका अध्यक्ष नादा समाज पोखराका अध्यक्ष आसपुर गुरुङ, नादा समाज युकेका संस्थापक अध्यक्ष उत्तरबहादुर गुरुङ र नादा समाज हङकङका अध्यक्ष लालप्रसाद गुरुङ लगायतले बोलेका थिए ।
नादा समाज पोखराका अध्यक्ष एवं मन्दिर निर्माण समिति अध्यक्ष इश्वरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व उपाध्यक्ष नारायण गुरुङले स्वागत र सदस्य चेतबहादुर गुरुङले संचालन गरेका थिए । मन्दिर २०७६ वैशाखसम्म मन्दिर निर्माण हुने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९