खैरेनीटार, २२ मंसिर। तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाइले सामाजिक, आर्थिक धार्मिक, सांस्कृतिक पहिचान सहित स्थानीय उद्योग, व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम शुक्लागण्डकी महोत्सव-२०७५ गर्ने भएको छ ।
शनिबार पत्रकार सम्मलनमा इकाइ अध्यक्ष राजु वाग्लेले पुस ९ देखि १८ गतेसम्म पञ्चमुनिदेव मावि परिसरमा महोत्सव हुने जानकारी दिए ।
उनका अनुसार महोत्सव मुख्य आकर्षणमा सांस्कृतिक झाँकी प्रदर्शनी, दगाम भुजीकोट भ्यू टावर अवलोकन, मिलेनियम ट्रेक यात्रा, धार्मिक एवम् ऐतिहासिकस्थल ढोरबाराही मन्दिर तीनखोलेदेवी मन्दिर च्यावनधाम शिवपञ्चायन मन्दिर दर्शन, रक गार्डेन, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, सांगीतिक कार्यक्रम, शुक्लागण्डकी आइडल र खुला दोहोरी गीत प्रतियोगिता हुनेछन् । महोत्सवमा विभिन्न २ सय वटा स्टलहरु रहने छन्।
कार्यक्रममा उद्योग वाणिज्य संघ गण्डकी उपाध्यक्ष कृष्ण पण्डित, इकाइ समिति पूर्व अध्यक्ष हरिप्रसाद वाग्ले, डिलबहादुर श्रेष्ठ, महोत्सवका प्रवक्ता हरि खड्का, इकाइका जिल्ला प्रतिनिधि पूर्णकुमार श्रेष्ठ लगायतले महोत्सवलाई सबै संघसंस्था उद्योग, व्यापारी र आमनागरिकले सफल पार्न आग्रह गरे।
कार्यक्रम संचालन इकाइ सचिव मदन श्रेष्ठले गरेका थिए। महोत्सवमा करिब ३ लाख पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । पाँच करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको महोत्सवबाट ५ लाख रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’
जिसस महासंघ गण्डकीको सपथ
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९