पोखरा, २२ मंसिर। श्यामा श्याम संत्सग पोखरा-१५ को शनिवार सार्वजनिक सुनुवाइ गरिएको छ।
जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्थानीय र संत्सगीको उपस्थितिमा सो कार्यक्रम भएको हो ।
सत्संगका पूर्व अध्यक्ष दिवाकर बास्तोलाले संस्थाको गतिविधि पारदर्शी बनाउनु पर्ने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएका थिए। सोही उजुरी आधारमा धार्मिक संस्थाका रुपमा रहेको सत्संगमा सार्वजनिक सुनुवाइ गरिएको हो।
सार्वजनिक सुनुवाइमा करिब २० जनाले आफ्ना धारणा राखेका थिए। धारणा राख्ने धेरैले संस्थामा उजुरी गरिएजस्तो अवस्था नरहेको बताएका थिए।
उजुरी दिएका पूर्व अध्यक्ष बास्तोलाले २०६७ सालदेखि संस्थामा आर्थिक अनियमितता हुँदै आएको भन्दै त्यसलाई मुख्य रुपमा उठाएका थिए। तर वर्तमान कार्यसमितितर्फबाट बास्तोला अध्यक्ष रहँदा मनोमानी ढंगबाट कार्य गरेको भन्दै उनको आलोचना गरिएको थियो।
‘सार्वजनिक सुनुवाइमा व्यक्त गरिएका धारणा समेटेर कार्यालयमा बुझाउँछु,’ जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि रामचन्द्र थापाले भने, ‘प्रतिवेदनमाथि आवश्यक छलफल गरी कार्यालयले समस्या समाधान गर्नेछ।’
कार्यक्रममा पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेलले मनको शान्ति खोज्ने धार्मिक संस्थामा विवाद र असमझ्दारी नसुहाउने उल्लेख गरे।
सार्वजनिक सुनुवाइमा शंकर खराल, मेघबहादुर छन्त्याल, राधा अधिकारी, हेरम्बराज पराजुली, शिवप्रसाद गौतम, ललितबहादुर भण्डारी, रमेश सापकोटा, सुशीला सुवेदी, गोविन्दप्रसाद बराल, हिरा कश्यप, रुद्र कुँवर, जयलाल अधिकारी, विमला गुरुङ, रुद्रमणि ढकाल, बालकृष्ण सुवेदी, हरि लामिछानेले धारणा राखेका थिए।
श्यामा श्याम सत्संगका अध्यक्ष नारायणबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रम सचिव धनबहादुर थापाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पशु प्रजनन् तालिम
मगर सांस्कृतिक संघमा सरिता
पोखरामा विद्यालयस्तरीय नृत्य प्रतियोगिता
हेमजामा असारे रोपाइँ महोत्सव
सिर्जनामा विविध क्रियाकलाप
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९