पोखरा, २२ मंसिर । मिडवाइफरी सोसाइटी अफ नेपाल (मिड्सन), पश्चिमाञ्चल क्षेत्रीय शाखा र लायन्स क्लब अफ पोखरा नर्सेसद्वारा पोखरामा शनिबार कन्टिन्यू प्रोफेसनल डेभलपमेन्ट (सीपीडी) कार्यक्रम सम्पन्न भएको छ ।
रेस्पेक्टफुल मेर्डर्निटी केयरमा विभिन्न कार्यक्षेत्रमा कार्यरत नर्सहरुको लागि आयोजित सीपीडीमा पोखराका विभिन्न अस्पतालका गरी ७५ जना नर्सहरुको सहभागिता थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ बी वान नेपालका डिष्ट्रिक्ट चिफ एड्भाइजर ध्रुव श्रेष्ठ र की-नोट स्पीकर प्रोफेसर किरण बज्राचार्य रहेका थिए ।
कार्यक्रममा उनीहरुले मिड वाइफको भूमिका कसरी प्रशंसायोग्य बनाउन सकिन्छ भन्नेबारे प्रकाश पारेका थिए । उनीहरुले नेपाल सरकार प्रजनन् स्वास्थ्यबारे विद्यमान कानून, शिक्षा, नेपालमा यसको शुरुवात र हालको अवस्थाबारे पनि जानकारी दिए ।
कार्यक्रममा लायन्सहरु बिमला श्रेष्ठ, सुचित्रा थापा, डा. रवीन्द्र श्रेष्ठ, राधिका रेग्मी, क्षेत्र रोका, सरिता कार्की, सकुनसिंह रानाभाट, कपिल पोखरेल, दीपेन्द्रप्रताप चन्द लगायतले बोलेका थिए । लायन्स क्लब अफ पोखरा नर्सेसका चार्टर प्रेसिडेन्ट एवं मिड्सनका क्षेत्रीय को-अर्डिनेटर नीलम महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मिडसन सदस्य तथा क्लबका कोषाध्यक्ष स्वागत नीशा श्रेष्ठ, संचालन मिडसन सदस्य तथा क्लबका प्रथम उपाध्यक्ष सदस्य रोजना ढकाल र धन्यवाद ज्ञापन मिडसन सदस्य उषाकिरण पौडेलले गरेका थिए ।
लायन्स क्लब अफ माछापुच्छे्रको सहयोगमा भएको कार्यक्रममा गण्डकी मेडिकल कलेज, चरक अस्पताल र नर्सिङ कलेज, मणिपाल शिक्षण अस्पताल र नर्सिङ कलेज, फिस्टेल अस्पताल, फेवा सिटी अस्पताल र नर्सिङ कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पद्म नर्सिङ कलेज, पोखरा टेक्निकल एण्ड हेल्थ साइन्सेस, पोखरा विश्वविद्यालयबाट प्रतिनिधित्व थियो ।
मिडसनको मूल उद्देश्य कसरी बाल तथा मातृ मृत्युदर घटाउने भन्ने रहेको को-अर्डिनेटर एवं क्लबका चार्टर प्रेसिडेन्ट महर्जनले बताइन् । लायन्स पोखरा नर्सेस नर्सहरुमात्र आवद्ध रहेको विश्वमै एकमात्र लायन्स क्लब हो ।
Related News
सम्बन्धित समाचार
असार २६ गते सार्वजनिक बिदा
अर्थमन्त्री शर्माले दिए राजिनामा
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९