पोखरा, २० मंसिर । पर्यटन क्षेत्रमा महिलालाई सशक्त बनाउँदै व्यावसायिक रुपमा स्थापित गराउन आत्मविश्वास बढाउने उद्देश्यले महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) का सदस्यलाई लैंगिक हिंसाविरुद्धको सचेतना तालिम दिइएको छ ।
तालिम उद्घाटनमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुखमणि लामिछानेले समतामूलक समाजका लागि महिला पुरुष दुवैको समान सहभागिता र साझेदारी आवश्यक रहेकेा बताए।
उनले पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानु सकारात्मक भएको भन्दै महिला अधिकारप्रति सचेत हुँदै व्यावसायिक पहिचानका साथ संगठित रुपमा अघि बढ्नु पर्ने धारणा राखे।
पोखरा पर्यटन परिषद्का महासचिव दिलप्रसाद गौतमले सामाजिक न्यायका लागि महिला पुरुष दुवैको समान सहभागिता आवश्यक रहेको बताए।
वडा ६ का कार्यपालिका सदस्य पुष्पा पहारीले कानूनको प्रभावकारी कार्यान्वयनको अभावमा हिंसा र अपराधले प्रश्रय पाएको बताइन्।
कार्यक्रममा संस्थाका सल्लाहकार देवका पहारीले महिलामाथि बढ्दै हिंसाको सामाजिक चुनौती विषय बनेको धारणा राखिन्।
तालिममा इन्सेकका कार्यक्रम संयोजक सवनम शर्मा र सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेश अध्यक्ष जमुना वर्षा शर्माले महिला हिंसा र अधिकार विषयमा सहजीकरण गरेका थिए।
मञ्चका अध्यक्ष जमुना पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष पार्वती पाण्डे र सचिव उमा भण्डारीले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा संस्थाका १ सय जना सदस्यको सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९