पोखरा, १९ मंसिर । प्रदेशमा सरकार गठन भएको वर्ष दिन बितिसक्दा पनि कर्मचारी चलाउन नपाउँदा सरकार गठनको अनुभूति महसुस हुन सकेको छैन ।
संघ सरकारले कर्मचारीको समायोजन नगर्दा नियमित काममा समेत चुनौती कायमै छ।
तर गण्डकी सरकारले चाहीँ तत्काल कर्मचारी नपठाए करारमै भए पनि कर्मचारी भर्ना गर्ने चेतावनी संघ सरकारलाई दिएको छ । प्रदेश समन्वय परिषद् बैठकबाट जतिसक्दो छिटो कर्मचारी पठाइदिन आग्रह गरेको छ । केन्द्र सरकारले पुस मसान्तभित्र समायोजन गरिसक्ने सान्त्वना दिएको छ । यद्यपि गण्डकी सरकारले कर्मचारीको समस्या स्थायी रुपमै समाधान गर्न लोक सेवा आयोग गठनको तयारी थालेको छ ।
प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोक सेवा आयोग गठनसम्बन्धी प्रस्ताव पारित गरेको हो । ‘प्रदेश लोक सेवा आयोगको लागि कानून तर्जुमा गर्ने स्वीकृति दियौं,’ बैठकपछि सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘संविधानले दिएको अधिकार सरकारले प्रयोग गरेको हो । आयोग गठनपछि कर्मचारी भर्ना र बढुवामा सहज हुनेछ ।’ आयोग बनेपछि कर्मचारी भर्ना, छनोट तथा पदपूर्र्ति, बढुवा लगायत काम सहज हुनेछ ।
बुधबारको बैठकले प्रदेश तालिम प्रतिष्ठानसम्बन्धी कानून तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति समेत दिएको छ । प्रतिष्ठानले गण्डकी प्रदेशभित्र रहेका जनप्रतिनिधि तथा कर्मचारीलाई विभिन्न विषयमा तालिम दिनेछ । सरकारले वातावरण तथा जलवायू परिवर्तन नीति र वन तथा जलाधार व्यवस्थापन नीतिको मस्यौदा स्वीकृत गरी थप छलफल गर्न आर्थिक तथा सामाजिक विकास समितिमा पठाएको छ । वन तथा वातावरण संरक्षण एवं व्यवस्थापन कार्यक्रम कार्यान्वयन कार्यविधि सैद्धान्कि स्वीकृतिपछि प्रशासन तथा विधेयक समितिमा पठाइएको छ ।
मन्त्रिपरिषद्ले यसअघि नीति तथा योजना आयोगको विज्ञको रुपमा नियुक्ति पाएका विष्णुराज बराललाई आयोगको सदस्यमा नियुक्त गरेको छ ।
सहायक मन्त्री सरहको सेवा सुविधा पाउने गरी उनलाई नियुक्त गरिएको मन्त्रालयका सचिव लालमणि ओझाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
अपराध अनुसन्धानमा संलग्न प्रहरीलाई तालिम
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
hero news full width
मुख्य समाचार
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९