पोखरा, १९ मंसिर । नेपाल रेडक्रस सोसाइटी कास्कीले जिल्लाका स्वयंसेवकलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस अवसरमा बुधवार विशेष कार्यक्रमबीच स्वयंसेवक सम्मान तथा स्वयंसेवा र वर्तमान अवस्थाविषयक कार्यक्रम गरेको हो। स्वयंसेवाको क्षेत्रमा उल्लेखनीय काम गरेका टेकनाथ बराल, आनन्दराज मुल्मी, गणेशबहादुर श्रेष्ठ, गणेशबहादुर गुरुङ, हरिश्चन्द्र शर्मा, लक्की कार्की र रामबहादुर थापा, द्रोणराज अधिकारी, भीमकुमारी ढंुगाना, शिव कोइराला, अमर तुलाचन, पदमप्रसाद पौडेललाई सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै वर्ष पहिलेदेखि नै स्वयंसेवा नेपाली संस्कृति रहेको उल्लेख गरे । स्वयंसेवामा रेडक्रसको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।
रेडक्रस केन्द्रीय कार्यालयका निर्देशक सुदर्शन अधिकारीले राष्ट्रिय योजना आयोगको स्वयंसेवा विभागको सहकार्यमा रेडक्रसले काम गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे, उपासभापति डण्डराज शर्मा, पूर्व सभापतिद्वय गेहेन्द्रश्वर कोइराला, रघुनाथ अधिकारी, रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारी, उपमन्त्री उर्मिला खड्का, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९