पूर्व सभापति सापकोटाको स्मरण

आदर्श समाज सम्वाददाता
मंसिर २०, २०७५
nepali kangress hemja progrem photo_Fotor

हेमजा, १९ मंसिर। नेपाली काँग्रेस हेमजाका पूर्व सभापति धनबहादुर सापकोटाको १३ औं दिनको पुण्यतिथीमा नेपाली काँग्रेस हेमजाले बुधवार शोकसभा गरेको छ।

काँग्रेस नेता शुक्रराज शर्माले सापकोटा प्रजातन्त्रको एक योद्घा भएको स्मरण गर्दै पार्टीमा उनको योगदान अविस्मरणीय रहेको जनाए। स्व. सापकोटा स्पष्ट वक्ता रहेको पनि काँग्रेेस नेता शर्माले स्मरण गरे ।

काँग्रेस जिल्ला सभापति कृष्ण केसीले स्व. सापकोटा सामाजिक व्यक्तित्व भएको दाबी गर्दै उनको व्यक्तित्वबाट सिंगो समाजले पाठ सिक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति पोषनाथ शर्मा, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, पूर्व सांसद शारदा पौडेल, नगर सभापति बजिरमान श्रेष्ठ, इकाइ सहसंयोजक दानबहादुर थापा, पूर्व सभापति माधवशरण बास्तोला लगायतले स्व. सापकोटाको योगदानको स्मरण गरेका थिए।

नेपाली काँग्रेस हेमजा संयोजक मधुसुदन त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहसंयोजक दानबहादुर थापाले स्वागत र इकाइ सचिव मोतिराज तिमिल्सिनाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग