यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा, १७ मंसिर । नेपालकी श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनल राउण्डमा पुग्न सफल भएकी छन् । मिस वर्ल्डमा नेपाल फाइनल पुगेको यो पहिलो अवसर हो ।
मिस वर्ल्डको आधिकारिक फेसबुक पेजअनुसार मिस नेपाल-२०१८ श्रृंखला मल्टिमिडिया अवार्ड जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।
विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्।
मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोटो रिको र बेलायत उत्कृष्ट ५ मा परेका थिए। त्यसमध्ये फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याको नाम परेको थियो। मेक्सिको र केन्यालाई पनि पछि पार्दै श्रृंखलाले अवार्ड हात पारेकी हुन्।
आइतबार ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी थिइन् । मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधामा उनले अवार्ड जितेर फाइनलका लागि अन्तिम ३० मा छानिनु पर्ने थियो।
अन्ततः नेपालको नाम चम्काउँदै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड-२०१८ को फाइनल पुगेकी हुन् । विभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फ्लोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषणा गरिएको जनाइएको छ ।
यसैगरी, सान्या टुरिज्म भिडियो च्यालेन्समा उनी तेस्रो स्थानमा रहेकी छन् । प्रतियोगिताको फाइनल डिसेम्बर ८ अर्थात यही शनिबार हुँदैछ ।
बालज्योतिमा बायोमीद्वारा सहयोग
असाेज ११, २०८०पेकमा आर्किटेक्चर शोधकार्य प्रदर्शनी
असाेज ११, २०८०पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
असाेज ११, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
असाेज ११, २०८०सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
असाेज ११, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०राधाकृष्ण वृद्धाश्रममा प्रेम दोहोरिए
असाेज ८, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
असाेज ११, २०८०
Related News
सम्बन्धित समाचार
डाक्टरले छाडे अस्पताल, चर्काए आन्दोलन
काठमाडौं म्याराथनमा इनड्राइभको सहकार्य
तिब्बती शरणार्थीसँग त्रसित चीन
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
मापदण्डपिरीतका संरचना ६ महिनाभित्र हटाऊ
असाेज ११, २०८०मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
असाेज १०, २०८०१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०